चौथो मेयर कप तथा वडा स्तरीय भलिबल प्रतियोगितामा महालक्ष्मी ९ मुर्तिढुङगा प्रथम


प्रकाश पाक्साँवा
तेह्रथुम ३ फागुन
धनकुटा जिल्लाको महालक्ष्मी नगरपालिकामा परम्परादेखी लाग्दै आएको वसन्त पञ्चमी मेलाको अवसरमा आयोजित चौथो मेयर कप तथा वडा स्तरीय भलिबल छनौट प्रतियोगितामा महालक्ष्मी नगरपालिका ९ मुर्तिढुङगा प्रथम भएको छ । बुधबार सम्पन्न खेलमा महालक्ष्मी ३ लाई हराउँदै मुर्तिढुङगा प्रथम भएको हो ।

प्रथम भए सँगै २५ हजार नगद,प्रमणपत्र,मेडल र ट्रफी हात पारेको छ । त्यस्तै दोश्रो भएको वडा नं ३ ले नगद १५ हजार नगद,मेडल,प्रमाणत्र र ट्रफी प्राप्त गरेको मेयर कप खेलकुद समितीका अध्यक्ष नरेन तुम्बाले बताउनु भयो । त्यस्तै महालक्ष्मी ७ लाई पराजित गर्दै महालक्ष्मी २ तेश्रो भएको छ । तेश्रो भएको वडा नं २ ले नगद ५ हजार प्राप्त गरेको छ । समापन कार्यक्रममा नगरपालिकाका नगर प्रमुख धुब्रराज रायले कृष र खेलकुदलाई नगरपालिकाले जोड दिँदै आएको बताउनु भयो ।

महालक्ष्मी नगरपालिका खेलकुद क्षेत्रमा पनी अब्बलले विभीन्न प्रतियोगिताहरुमा विजयी बन्दै आएको खेलकुद विकासको निम्ती नगरपालिकाले जोड दिँदै आएको नगर उपप्रमुख मन्जु कुमारी कार्की अधिकारीले बताउनु भयो । छनौट प्रतियोगितामा नगरपालिकाका विभीन्न वडाका २४ जना खेलाडी छनौट गरिएको जितपुर बजार व्यवस्थापन समितीका अध्यक्ष मिक्सन तुम्बाले बताउनु भयो । पालिकाका ९ वटा वडाका ११ टिमको सहभागीता रहेका थिइ । महालक्ष्मी नगरपालिकाको सहयोग तथा जितपुर बजार व्यवस्थापन समितीको आयोजनामा प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगिताका साथै बृहत सांगितक कार्यक्रम आयोजना गरिएको थियो ।

स्थानीय तथा राष्ट्रिय खेलाडीहरु मेचु धिमाल,बबिना किराँती,रविन ठाडा मगर,दिपेन्द्र राई लगायतको प्रस्तुती रहेको थियो । त्यस्तै सोही अवसरमा बृहत कृषी प्रर्दशनी मेलाको समेत आयोजना गरिएको थियो । मेलामा कृषकहरुले उत्पादन कृषीजन्य सामाग्री प्रर्दशनी गरेका थिए । कृषकहरुले प्रर्दशन गरेको उत्कृष्ट कृषी उत्पादन पुरस्कृत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *