प्रकाश पाक्साँवा
तेह्रथुम १२ भदौ
ऐतिहासिक रुपमा लाग्दै आएको भदौरे पुर्णिमा मेलाको अवसरमा तेह्रथुमको छथर गाउँपालिका सुक्रबारेमा आयोजित चोथो गाउँपालिका अध्यक्ष कप आमन्त्रित फुटबल प्रतियोगिताको उद्धघाटन गरिएको छ । प्रतियोगिताको उद्धघाटन राजनितिक दल र कर्मचारी बिच मैत्रीपुर्ण खेल सँगै उद्धघाटन गरिएको हो ।

उद्धघाटन सँगै प्रतियोगिता सुरु भएको छ । मैत्रीपुर्ण खेलमा कर्मचारीले राजनितिक दललाई १ को विरुद्ध २ गोल गर्र्दै पराजित गरेको थियो । मैत्रीपुर्ण खेल सम्पन्न सँगै छथर गाउँपालिका र म्याङलुङ नगरपालिका बिच पहिलो खेल हुने खेल संयोजक रुपम अधिकारीले प्रहर मिडियालाई जानकारी दिनु भयो ।
प्रतियोगितामा विजेताले नगद १ लाख ५१ हजार छथर गाउँपालिक अध्यक्ष कप,मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन । त्यस्तै उपविजेताले नगद ७५ हजार,मेडल र प्रमाणपत्र प्राप्त गर्ने समाजका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो ।
प्रतियोगितामा सर्वाेउत्कृष्ट खेलाडीले नगद ५ हजार,ट्रफी,मेडल र प्रमाणपत्र,उत्कृष्ट गोलकिपरले नगद २५ सय,ट्रफी,मेडल र प्रमाणपत्र,उत्कृष्ट गोलकर्ताले नगद २५ सय ट्रफी,मेडल र प्रमाणपत्र,उत्कृष्ट मिडफिल्डरले नगद २५ सय,ट्रफी,मेडल र प्रमाणपत्र,सर्व उत्कृष्ट डिफ्रेन्सले नगद २५ सय,ट्रफी,मेडल र प्रमाणपत्र त्यस्तै क्वाटर फाइनलबाट बाहिरीने टिमलाई नगद १० हजार र सेमीफाईनलबाट बाहिरीने टिमलाई नगद २० हजार प्राप्त गर्ने अयोजकले जनाएको छ । प्रतियोगितामा तेह्रथुम,संखुवासभा,धनकुटा,सुनसरी र मोरङ जिल्लाका टिमहरुको सहभागीता रहेको छ । प्रतियोगिता भदौ १६ गते सम्पन्न हुने छ ।