~ एक मनोकल्पित लेख्या सिनेमा ~

– सञ्जय तुम्बाहाङ्फे

प्रीय पाठकबृन्द ! 

आज म तपाईहरु लाई एउटा मेरो लेख्या सिनेमा देखाउनेछु।सिनेमा पढिहेर्नको लागि तपाईहरुले खै! कसलेपो भन्या जस्तो- खल्तिमा रुमाल बोक्नु जरुरत छैन।किनकि यसमा रोनाधोना हुनेछैन।साथमा संगै गर्लफ्रेण्डलाई पनि बसाल्नुपर्ने छैन।किनकि यहाँ रोमान्स पनि छैन।र पप्कन,जुस,चिप्स या अन्य खानेकुराहरुको पनि आवश्यक पर्ने छैनन् किनकि यस सिनेमामा मध्यान्तर को ब्रेकपनी हुनेछैन।तपाईलाई पिसाब फेर्नको लागि टोइलेट कुद्नुको पनि झन्झट हुने छैन। 

लौत ! आउनुहोस् म मेरो नया लेख्यासिनेमाको सुरुवात  कुनै पत्रकार सम्मेलनको भिडबाट  गराउन चाहान्छु।अँ ! पत्रकार सम्मेलन भन्दा एउटा छोटो भुमिका राख्न मलाई मनलाग्यो-

नया अनलाइन च्यानलकी पत्रकार सीता तुम्खेवा ज्युले सोध्नु भएको एक प्रश्नमा सिर्जनशील अराजकताका कवि हाङ्युग अज्ञात दाईले यस्तो जवाफ दिनु भएको थियो-

“चीनिया कम्युनिस्ट नेता माओको जीवनीमा नेपाली सिनेमा बन्यो भने त्यसको मुख्य नायक भुमिकामा म अभिनय गर्नेछु।”

यो कुरा सुनिसके पछि कोहि-कोहि नेपाली सिनेमाको ठेक्कापट्टावालहरु खुब खिसिट्युरी गर्दाहुन्-

“केरेकेरे !त्यो चिण्डे चितुवा माओ फिल्मको मुख्य हिरो हुने?”

धेरै टाढापनी किन जानेहोर भन्या त्यै भारतको साउथ/तेल्गु सिनेमा सम्म गएर यसो दृस्टीगोचर गर्दाखेरी थाहा भईहाल्छ।वास्तवमा सिनेमाको हिरो/नायक केनै रहेछर?बरु भारतीय साउथ सिनेमा लाई दृस्टीगोचर गरि सकेपछि के चाहिँ छर्लङ्ग हुनजान्छ भने शारीरिक सौन्दर्य भन्दा कला/अभिनय सौन्दर्यलेचैँ सिनेमाको नायकत्व लाई प्राथमिकतामा राख्दछ।

चिण्डे हिरो बन्न सक्दैनर? के चिण्डेलाई हिरो बनाउन सक्ने कलाक्षामता हाम्रा नेपाली सिनेमाका ठेक्कापट्टावालाहरु सँग छत? यो मेरो प्रश्नमा तिनले जवाफ दिनेछन् यस्तरी-

“सिनेमाको बारे तँलाई केथाहाछ?लुन्त लु सक्छस भने बनाएर देखा।”

अन्त म कि टुसुक्क चुपचाप बसिदिन्छु।हैन भने त्यहाँबाट सुइँकुच्चा ठोक्छु।

किशोरकालमा साथी सर्कलहरु लाई आफू हिरो बन्छु भनेर भन्ने गर्थथेँ।हिरो बन्छु भनेरै दिलीप रायमाझीको डान्सकपी गरि हिन्थे।पछि थाहा पाएँकी हिरो बन्नलाई केके चाहिँदो रहेछ? त्यसपछि मैले हिरो बन्ने सपना लाई मृत्युवरण गराइदिएँ।

“आँच! यो नाकथेप्चे बामपुड्को पनि हिरो बन्नेरे?”

ती ठेक्कापट्टावालाहरुको त्यो उपहास सायद मैले त्यतिबेलानै बुझी सकेको थिएँ होला।मत भन्छु सिनेमामा नयक हुन्नहोला बरु कलाकार अभिनेता हुन्छ होला।तरैपनी छिमेकी भारतको भरतनाट्यले स्थापित गरेको र चलेको चलन लु मानिलिउंनत नायक/हिरोनै सहि मानिलिउं।तर यतिबेला त्यो नायकत्वको मानकता लगभग केहिरुपमा ध्वस्त भईरहेकोछ।अचेल पहाडे स्वांठ नाकथ्याप्चे दयाहाङ्  र मधेसी काले भैया रबिन्द्र झाहरुले नेपाली सिनेमामा नायकत्वको वास्तविक मानकता कस्तो हुनुपर्छ भन्ने चेतको बिकास गराउन थालेकाछन्।

जबजब देशमा घिनलाग्दो राजनैतिक अर्घेलो सुरु हुन्छ। र त्यो अर्घेलोले देशैभरका तपाईं हामि जस्तो आम सामन्य मानिसहरु लाई सकसमा पार्न थाल्छ।तब मलाई भारतीय साउथ सिनेमाको कथा नायकको बहुत याद आईदिन्छ।कतिबेला मैले बनाई सकेको हुनेछु धुरन्धार धमाके सिनेमा।र आफुलाई उभ्याई सकेको हुनेछु सशक्त कथा नायकमा।जसले अढाई-तिनघण्टामा पुरै देशनै बदली सकेको हुनेछ।यो मनोकल्पित सिनेमाको भुतले चैं मलाई मात्रै हैन म जस्ता कयौं तपाईहरु लाई पनि छोएकै हुन्छ।

ओहो! कृपया माफ गर्नुहोला छोटो भुमिका भन्याथें भुमिका निकै झ्याउलाग्दो लामो हुन गएछ।

लौ अबचैं आउनुहोस है ! लौ हेर्नुहोसत !! मेरो फगत कल्पनाशीलताको धमाकेदार एक मनोकल्पित लेख्यासिनेमा-

मलाई पत्रकारहरुको समुहले घेरिरहेको हुन्छ।समुहको बिचबाट हठात अघि आएर पत्रकार  षिऋ लामधले सोध्न थाल्छ-

“ओ ! युवा नायक,आजको दिनमा छनी देशमा तिनै पुराना पुस्ताहरुको दबदबाछ।तिमी भन्छौ अब यो मुलुक म नया पुस्ताले चलाउँछु।के त्यो सम्भबछ?प्रष्ट पारिदेउ जनता  इँजार बाँध्न चाहान्छन्।”

म मिस्टर लामधको प्रश्नमा धमाकेदार उत्तर दिन्छु-

“मिस्टर लामध ! प्रत्येक हर नया युगका नया जनताहरुले नया नायक खोज्दछन्।मैले केही गर्नै पर्दैन।ती सडेगलेका पुरानाहरु लाई जनता आफैले सम्मान पुर्वक घोक्रेठ्याक लगाएर पठाउनेछन्।”

पत्रकार रामटिका त्रीयाको चिरिचट्टैको कोटपैन्ट,चस्मा सहितको त्याहिँबेला प्रश्न तेर्सिन्छ-

“युवा नायक ! अन्ततोगत्वा उत्तरार्द्वमा तिम्रो नियत पनित उहीँ कानचिरेकै जोगी सरह नहोला? भन्ने आम जनतामा संशय नरहने तिमिसँग केछन् त्यस्ता विस्वासको आधारस्तम्भ?”

मैले ती पत्रकारको प्रश्नलाई उत्तर दिन्छु-

“अग्रगामी र दुरदर्शिता सहितको यी मेरा दृष्टिहरु,

सैद्धान्तिक निष्ठावान र जाज्वल्यमान यी  मेरा बिचारहरु,मेरो विस्वासको आधार स्तम्भहरु हुन्।”

अर्का पत्रकार षणभु हालदाको प्रश्नपनी त्यसैबेला थपिन्छ-

“उसोभा आज बताईदेउ देश बिकाशको लागि तिमिले कोरेका अग्रगामी खाकाहरु केके हुन्?”

पत्रकार हालदाको पश्नको उत्तर दिन्छु –

“सबैभन्दा पहिला जनताहरु लाई सीप प्रदान गर्ने।देशका जिम्मेवारी सबै कर्मचारीहरु लाई प्रेम सन्जेल बनाईदिने।जनप्रतिनिधिहरु लाई बालेन र हर्क बनाईदिने।आधुनिक बिकाश र प्रबिधिमा कामगर्ने सबै युवाहरु लाई महाबिर पुन बनाईदिने।सबै क्षेत्रका प्रमुखहरु लाई कुलमान घिसिङ बनाईदिने।औधोगिक र स्थानीय उत्पादन लाई प्रमुखताका साथ अगाडी बढाउने।यति भएसी देश बिकाश आफै हुन्छ।देश बिकाश गराउनको लागि यहाँ कुनै जादुको छडी चाहिएको हैननी।यहाँत प्रस्ट मार्गनिर्देश र इमानदारीता चाहिएको हो।”

म युट्युबरहरु को पनि  घेराबन्दीमा पर्नेछु।अब सुन्नुहोस है युट्युबे मित्रहरुको प्रश्नहरु-

“ब्रो ! तरुनिहरु को तिग्रा स्पर्श गरेकाछौ?”

“अन्त ! गर्लफ्रेण्ड सँगको पहिलो समागमको अनुभव बताईदेउन”

“जीवनमा सबैभन्दा धेर हस्तमैथुन कतिऔं पटक?”

“छिमेकी पर-स्वास्नीहरु सँगको यौनलिला अनुभव छन् कि?”

यी युट्युबे मित्रहरुले सोधेका प्रश्नहरुको उत्तर दिन जरुरत छर? तपाईहरु लाई सोध्दै म निस्कन्छु पुर्व-पश्चिम बिकाशको लागि सर्वेक्षण यात्रामा।

नेपालको बिकट गाउँहरु जहाँ सम्म सडक त के सडकको नाम सम्म पुगेको छैन म त्यहाँसम्म पुग्नेछु।र त्यस ठाउँमा बिकाश गर्नको लागि के गर्नुपर्छ? म गहिरो अनुसन्धान गर्न थाल्नेछु।देशका सर्वोत्कृष्ट इन्जिनियरहरु सँग,अनुसन्धानकर्ताहरु सँग,बिज्ञता र दिग्गज ब्याक्तित्वहरु सँग म घनिभुत ढंगले छलफल गर्नेछु।देश बिकाशको सम्पुर्ण खाकाहरु लाई बोकेर म जानेछु देश र जनताको माझ।जनताहरुले मेरो मार्गनिर्देश लाई बिश्वास गरेर मलाई भोट दिदछन्।म नेपाल सरकारको प्रतिनिधिसभामा पुग्नेछु।प्रतिनिधिसभामा पनि म साँच्चै उधुम गर्न पुग्नेछु।

संगठनको पाँच वर्षमै मेरो पार्टीले पुरै देशलाई आफ्नो मार्गमा डोर्याउन थाल्दछ।देशकै यति ठूलो राजनैतिक पार्टिको स्थापना त दसबर्षे जनयुद्द लडेर आएको क्रान्तिकारी पार्टिले समेत गर्न सकेको थिएन।यसले कसरी चमत्कार गर्यो? राजनैतिक विश्लेषकहरु उधुम गमखादछन् र लेख्न र बोल्न थाल्दछन्।अर्को पाँच बर्षपछिको चुनावमा मेरो पार्टी साँच्चै देशकै निर्णयक पहिलो ठूलो पार्टी बन्नपुग्छ। मेरै पार्टिको विशेष पहलमा दलाल पुँजीपती संसदीय व्यवस्थामा पुरै हेरफेर हुनेछ।यो नचाहाने अन्य पार्टिहरुले अनेक प्रतिगामी प्रपन्च रच्नेछन्।तिनलाईत म जनताको सामुन्ने ल्याएर उडि उडि किक हान्नेछु ठ्याक्कै साउथ सिनेमा हिरो (केहिदिन अघि दिवांगत) पुनित राज कुमारले हानेको किक जस्तै र तिनलाई धुलिसाफ गर्नेछु।संसदीय गठजोड प्रवृत्ति लाई सदाको लागी छिन्नबिन्न बनाउँदै प्रत्यक्ष निर्वाचन प्रणाली बाट म एकदिन देशको प्रधानमन्त्री बन्नेछु।

अहिले चलिरहेको पहिचान आन्दोलन लाई सबैभन्दा गहन ढंगले सम्बोधन गरिनेछ।कोशी प्रदेशलाई तुरुन्तै पहिचानको आधारमा त्यहाँ आन्दोलित जनताहरुको नमांकन माग बमोजिमको नामलाई सदर गरिनेछ।
भ्रष्टाचारी,बलात्कारी,कमिसनखोरीहरु को हदै सम्मको सजयको लागी विशेष कानुन बन्नेछन्।महिला,दलित, अल्पसंख्यक,आदिवासी जनजाती,सबैसबैहरु लाई राज्यको केन्द्रमा प्रतिनिधित्व गराउन थालिनेछ।एकघर एक उधम,प्रत्येक एक नेपाली एक सीप लाई व्यावहारिक रुपमा लागू गराउन थालिनेछ।प्रत्येक नेपाली ले आफ्नै उत्पादन खान थाल्नेछन्।आफैले बुनेका लत्ताकपडाहरु आफै लगाउन थाल्नेछन्।आफैले आविष्कार गरेका औजारहरु आफैले प्रयोग गर्न थाल्नेछन्।यहाँको श्रमको मूल्य यहिँ बच्नथाल्नेछ।शिक्षामा व्यावहारिक र बैज्ञानिक।स्वास्थ्यमा सहुलियत,कृषिमा विशेष आधुनिकीकरण गरिनेछ।

पर्याटकिय स्थलहरु लाई झलमल्ल पारिनेछ।सांस्कृतिक र पहिचान जन्य लोक सम्पदाहरुको संरक्षण गरिनेछ।यहाँ संसारभरका पर्यटकहरु धमाधम आउन थाल्नेछन्।पर्यटन बाट मात्रैपनी सालिन्दो अरबौं बराबरको अर्थोपाजन हुन थाल्नेछ।त्यसपछि देश साँच्चै समृद्धि तिर पदार्पण हुन पुग्छ।मेरो पाँचबर्षे प्रधानमन्त्रीय कार्यकाल ले यतिका प्रगती देशमा भइसकेपछी म मेरो कार्यकाल लाई अर्को कुनै इमानदार नेतृत्व लाई हस्तान्तरण गर्न चाहान्छु।तर जनता द्वारा अर्को कार्यकाल सम्म रहन मलाई अनुरोध गरिन्छ।जनताको यो निर्णय लाई अन्यदलहरुले स्वीकार गर्न मान्दैनन्।आफुलाई मनपर्ने नेतृत्व लाई दुईपटक सम्म चुन्न पाउने इतिहास संसारभरका विकासित देशहरुमा पनि रहेको भन्दै जनताहरु आक्रोशित हुन थाल्छन्।देशैभर जनताको आन्दोलन सुरु हुन थाल्दछ।आन्दोलनमा केही ती दलहरुले घुसपैठ गर्न थाल्दछन् र जनता माथी अराजक शैलीमा मारपिट गराउने वातावरण सिर्जना गराउँदछन्।जनता यति आक्रोशित हुन पुग्छन् की अब उनिहरु ती नेताको घरघरमा छिरेर ती नेताहरु लाई सडकमा लतार्न थाल्दछन्।उनिहरु माथी धमाधम जन कार्वाही गर्न थाल्दाछन्।जनताको यो विशेष अधिकार लाई संसारभरका मानवअधिकारकर्मीहरु ले पनि उच्च सम्मानका साथ सकारात्मक तवरले प्रतिक्रिया दिदछन्।

मलाई फेरि पत्रकारहरु को समुहले घेर्न थाल्नेछन्-

“देश यत्रो जलिरहेको छ तपाई भने बाँसुरी बजाएर चुपचाप बसि रहने?”

“तपाइँलाई प्रतिपक्षी बाट आरोपछ आफ्नो सत्ता संरक्षणको लागि  सुरक्षाढाल बनाएर जनताहरुलाई सडकमा ओराल्नुभो?”

म यी तमाम प्रश्नहरुको जवाफ लिएर र जनताहरुको त्यस आन्दोलन लाई उच्च सम्मान का साथ सम्बोधन गर्नको लागि भोलीको पुर्व सन्ध्यामा देशको नाममा एउटा विशेष सम्बोधन गर्नेछु।भोलि पल्टको पुर्व सन्ध्याको त्यो सम्बोधनमा मैले भन्नेछु…….

तर प्रीय पाठकबृन्द देशको नाममा गरिने भनेको त्यो मेरो विशेष सम्बोधन चैं फिल्मको अर्को सिक्वेलमा देखाईनेछ।

तब सम्मलाई आजको मेरो धमाकेदार मनोकल्पित सिनेमा (सिक्वेल नम्बर वान)चैं यहि पर्दा पटाक्षेप हुन्छ।सिनेमा हेरीसके पछि तपाईहरुले मलाई पक्कै गाली त गर्नुनै हुनेछ-

“यसले पनि लुट र कबड्डी सिनेमाको सिक्वेल प्रचलन लाई कपिपेस्ट गरेछ।”

दर्शकहरुको यो गालीले म खुसी हुनेछु।किनकि कमसेकम हिन्दी सिनेमाको कपि पेस्ट गर्यो नभनेर आफ्नै नेपाली सिनेमाको कपि पेस्ट गर्यो भनिदिनु भएकोमा मलाई संतोषजनक सन्तुष्टि मिल्नेछ।

                                       लौत प्रीय पाठकबृन्द !अर्को सिक्वेलको लागि कथा खोज्न मचैं संसद भवनतिर बाटो तताएँ।तपाईंहरु भने मेरो अर्को सिक्वेलको लागि प्रतीक्षा गर्दै गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *