ईहेल्थ तथा टेलिमेडिसिन सेवा सुरु,गाउँकै स्वास्थ्य संस्थाबाट नागरिकले सेवा पाए

प्रकाश पाक्साँवा
तेह्रथुम १७ माघ
छथर जोरपाटी गाउँपालिका धनकुटाका नागरिकहरु स्वास्थ्य सम्बन्धी उपचार तथा परामर्श सेवाको बारे ज्ञान नहुँदा धरान बिराटनगर नै पुग्नु पर्ने बाध्यता रहँदै आएको छ । सामान्य रोग भएपनी रोगको बारे उपचार सम्बन्धी परामर्श नपाउँदा बर्षाैदेखी टाढा पुगेर सेवा लिनु पर्ने बाध्यता रहँदै आएको हो । यी र यस्तै समस्यामा रहेका नागरिकहरुलाई सेवा दिने उदेश्यका साथ परेवादिन स्वास्थ्यचौकीमा ईहेल्थ तथा टेलिमेडिसिन सेवा सुरु गरिएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान र छथर जोरपाटी गाउँपालिकाको सहकार्यमा सेवा सुरु गरिएको हो । बुधबार एक कार्यक्रमका बिच छथर जोरपाटी गाउँपालिका अध्यक्ष छत्र सुब्बाले उद्धघाटन गरेका छन । गाउँ र दुरदराजमा रहेका आर्थीक रुपमा कम्जोर भएका नागरिकहरुलाई सेवा दिने उदेश्यका साथ सेवा सुरु गरिएको गाउँपालिका अध्यक्ष सुब्बाले बताए ।
गाउँपालिकाको समन्वयमा नयाँ प्रविधीको सेवा सुरु भएको गाउँपालिकाका उपाध्यक्ष गिता गुरुङ खेवाले बताईन । उनले भनिन् ‘गाउँपालिकाका नागरिकहरु अस्वस्थ्य रहेको बेला टाढा पुगेर सेवा लिन नपरोस् भनेर हामीले सेवा सुरु गरेका हौ ।’

सामान्य सल्लाहले मात्रै पनी सजक रहन सक्ने भएकाले सेवा नागरिकहरुले प्रत्यक्ष नागरिकहरुलाई सहयोग गर्ने अपेक्षा रहेको छथर जोरपाटी गाउँपालिका वडा नै ६ का वडाध्यक्ष दिपक गुरुङले बताए । गाउँ गाउँमा रहेका दिर्गरोगीहरुलाई सामान्य परामर्शले सेवा पाउने भएकोले यो सेवा प्रभावकारी हुने गुरुङको भनाई छ ।
ईहेल्थ तथा टेलिमेडिसिन सेवास्वास्थ्यचौकीमा हरेक बुधबार साप्ताहिक रुपमा सञ्चालन हुने भएको छ । अनलाईनको माध्यमबाट प्रतिष्ठानका चिकित्सकहरुको प्रत्यक्ष परामर्श सेवा दिन सुरु भएको हो । सेवा सुरु सँगै स्वास्थ्यको बारे परामर्श पाएको स्थानीयहरुले डेन्डी सेर्पाले बताए । गाउँपालिकामा नै पहिलो पटक सेवा दिन सुरु गरीएको हो । सेवा सुरु सँगै पहिलो दिन १० जनाले सेवा लिएका स्वास्थ्यचौकी प्रमुख चेतबिर थापाले जानकारी दिए ।
यो सेवा प्रभावकारी बनाउन प्रतिष्ठान र चिकित्सकहरु सँगको परामर्शमा हरेक हप्ता फरक फरक किसीमका बिरामीहरुलाई फरक फरक विशेषज्ञ सेवा दिइने भएको छथर जोरपाटी स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगाोलले बताए । गाउँपालिकाले विगतका बर्षदेखी नै नागरिकहरुलाई विभीन्न स्वास्थ्य सेवाहरु दिँदै आएको छ । यो सेवालाई गाउँपालिकाको सबै वडाहरुमा सञ्चालन गरिने भएको छ ।
