अन्तराष्ट्रिय याक्थुङ आइडल सिजन टु को आबेदन सुरु

प्रकाश पाक्साँवा
तेह्रथुम १३ असोज
नियारा प्रोडक्सन सिक्कीमले याक्थुङ लिम्बु गित संगितलाई प्रर्बधन गर्ने उदेश्यका साथ आयोजना गर्न लगेको अन्तराष्ट्रिय याक्थुङ आइडल सिजन टु को आबेदन सुरु भएको छ । आइडलको अनलाइन आबेदन यही असोज ८ गतेदेखी सुरु भएको हो ।
आइडलमा सहभागिताहरु बन्न इच्छुकहरुले यही असोज २० गतेसम्म सम्म आबेदन दिने सक्ने प्रोडक्सनका संयोजक नियारा सुब्बाले बताउनु भयो । आईडलको पहिलो चरणको अडिसन अनलाइन मार्फत गरिने भएको छ । पहिलो चरणमा छनौट भएका प्रतियोगिहरुलाई दोश्रो चरण ट्याक राउण्ड अन्तरगत नेपालका सहभागीहरुको लागि दमकमा र भारतका सहभागीहरुको लागि सिक्कीम हुने भएको आयोजकले जनाएको छ । त्यस्तै सेमिफाईनल राउण्ड सिलगुडी भारतमा हुने भएको छ । आईडलको फाईनल लिम्बु जातीहरुको महान पर्व चासोक तङनाममा सिक्किममा हुने भएको छ ।
आईडलमा विजेता १ लाख आइ.सी.एकसेट हार्माेनियम,ट्रफी एउटा म्याुजिक भिडियो,म्युजिकल टुर नेपाल तथा भारत र प्रमाणपत्र पाउने प्राप्त गर्नेछन । त्यस्तै पहिलो देखी पाँचौ रनरफ बन्नेलाई नगद २० ÷२० हजार आई.सी १÷१ गितार,सामुहिक गित रेकर्ड म्युजिकल टुर नेपाल भारत र प्रमाणपत्र प्राप्त गर्ने भएका छन । प्रोडक्सनले पहिलो याक्थुङ आइडल सिजन वान सम्म गरी सिजन टु आयोजन गर्न लागको हो ।
आवेदनका लागी यो लिंक ओपन गरेर भर्न सक्नु हुने छ ।
http://neeyaraproduction.com/register.php?fbclid=IwAR0N4fGRhFDEdglBmvz2_T8nOHXJFiQlwkG3VJ-OrqY8_wMa5TKYQRKl7LI