खेवाहाङ मादेन लिम्बुहरु वंशावली लेखनमा जुट्दै


प्रकाश पाक्साँवा
तेह्रथुम १९ फागुन
पुर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायको आफ्नै भाषा,लिपी,कला,साहित्य संस्कृती रहेको छ । लिम्बु समुदायमा विभीन्न थरहरु रहेका छन । हरेक थरका आ आफ्नै वंश रहेका छन । मानव जातिको उत्पत्ती विकास सँगै व्यवहारको अध्यायन गर्ने काम वंशावलीमा गर्ने गरिन्छ । आफ्ना पुर्खाहरुको ईतिहासका साथै वंशवली लेखनलाई पछिल्लो समय यी समुदायले ध्यान दिन थालेका छन । पहिलो पुस्ताहरु अस्ताउँदै जानु र पछिल्लो पुस्ताहरुले आफ्नो वंशहरुको बारेमा अनविज्ञ हुँदै जाने भएका कारणले लिम्बु समुदायमा वंशावली लेखनमा ध्यान दिन थालेका हुन ।

यस्तै तेह्रथुमको छथर गाउँपालिका ६ सुदाप मुल थाले भई धनकुटाको हात्तिखर्क,मुतिढुङगाका साथै विभीन्न क्षेत्रमा बसोबास गर्दै आएका खेवाहाङ मादेन लिम्बुहरु आफ्नो वंशावली लेखन तथा अध्यायनमा जुटेका छन । छथर गाउँपालिकाको सुक्रबारेमा दुई दिने बृहत वंशालवी खोजी,लेखन तथा अन्तरकृया कार्यक्रम गर्दै वंशावली लेखनमा जुटेका हुन । वंशावली निमार्णको लागी खेवा मादेनहरु सँग छलफल तथा विभीन्न कार्यक्रम गर्दै वंशावली निमार्णमा जुट्दै आएको खेवाहाङ वंशावली उत्थान संघ छथर ६ का अध्यक्ष महेन्द्र मादेनले बताउनु भयो ।

तेह्रथुमको छथर गाउँपालिका ५ मा रहेको ताक्लुङ लाई माङगेना (यक) गडी मान्दै आएको मादेन लिम्बुहरु पछिल्लो समय वंशावली लेखन तथा अध्यायनका लागी एक जुट भएका छन । विभीन्न क्षेत्रमा छरिएर रहेका मादेन लिम्बुहरुको साईनो केलाउनुका साथै वंशावली निमार्णमा सहयोग पुर्याउने उदेश्यका साथ भेला गरिएको छथर जोरपाटी गाउँपालिका १ का वडाध्यक्ष गोभिन्द लिम्बुको भनाई छ ।

दुई सम्म भएको भेलामा विभीन्न चरणमा संकलन गरिएका पुर्खाहरुको नामावली,जिम्मावाल सँगको सम्बन्ध र मादेन लिम्बुहरुको ईतिहासको बारे छलफल भएको छ । वंशावली निमार्णको कामले ईतिहास खोजी र ईतिहासले पुस्ता हस्तान्तरण गर्ने भएकाले यो ईतिहास लेख्ने काम भएको छथर गाउँपालिका तेह्रथुमका अध्यक्ष सन्तोष तिगेलाले बताउनु भयो ।

६ थरी खेवा मध्ये १ थरी मादेन खेवा हुन । भेला सँगै वंशावली लेखनलाई पुर्णता दिँदै अध्ययानमा छुटेका कुराहरुलाई खोजी गर्दै जाने संघले जनाएको छ । यी थरीहरु नेपाल तथा देश बाहिर रहेका मादेन लिम्बुहरुलाई वंशावली लेखनमा समाबेश गर्न प्रयासमा जुट्दै अघी बढ्ने भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *