छथर जोरपाटी गाउँपालिकामा विपन्न नागरिकहरु ५ देखी १० हजार सम्म स्वास्थ्य उपचार सहयोग


प्रकाश पाक्साँवा
तेह्रथुम ५ फागुन
छथर जोरपाटी गाउँपालिका धनकुटाले आर्थीक रुपमा विपन्न नागरिकहरुलाई स्वास्थ्य उपचार सहयोग गर्दै आएको छ । गाउँपालिकाले स्वास्थ्य बिषेश साहायता कोष मार्फत विपन्न परिवारका नागरिकहरुलाई सहयोग गर्दै आएको हो ।

गरिव,विपन्न,असाहाय,असक्त,बेसाहारा,नागरिकलाई स्वास्थ्य उपचारमा सहयोग पुगोस र छथर जोरपाटी गाउँपालिकाका नागरिक कोही स्वास्थ्य उपचारमा बञ्चित हुन नपरोस भन्ने उदेश्यका साथ यो कार्यक्रम अघी सारिएको गाउँपालिका अध्यक्ष छत्र सुब्बाले बताउनु भयो । अध्यक्ष सुब्बाका अनुसार गाउँपालिकाले ५ हजार देखी १० हजार सम्म सहयोग गर्दै आएको छ । गत कार्तिक महिनामा २३ जना फागुन महिनामा २० जनालाई सहयोग प्रदान गरिएको स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलले बताउनु भयो ।

नागरिकहरुलाई अस्पतालको कागजात र वडा कार्यालयको सिफारिसको आधारमा सहयोग प्रदान गर्ने गरिएको छ । आर्थीक रुपमा विपन्न,असाहाय असक्त,बेसाहारा नागरिकहरुलाई यो कार्यक्रमले सहयोग पुर्याउँदै आएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *