कृषकलाई सम्मान गर्दै नवजिवन दुग्ध उत्पादक सहकारी संस्थाको अधिबेशन सम्पन्न अध्यक्षमा बिजेश ।।

टिआर सेनेहाङ
तेह्रथुम,भदौ २३
तेह्रथुमको म्याङलुङ नगरपालिका–६ सुर्केमा रहेको नवजिवन दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध उत्पादक कृषकहरुलाई सम्मान गरेको छ । सहकारी संस्थाले आफ्नो १५ औ साधारणसभाको अवसरमा बार्षिक रुपमा ३ हजार ५ सय लिटर भन्दा बढि दुध उत्पादन गर्ने कृषकलाई सम्मान गरेको हो । सस्थाले सबैभन्दा बढि दुध उत्पादन गर्ने बिजेश भट्टराई लगायत १० जना कृषकहरुलाई सम्मान गरेको हो । भट्टराईले एक बर्षको अवधीमा १७ हजार २ सय ५७ लिटर दुध उत्पादन गर्नुभएको थियो ।
सम्मान पाउनेमा फणिन्द्र भट्टराई,हरि प्रसाद तिम्सिना,ग्येल्लु सेर्पा,कमला सुवेदी,नरेन्द्र सापकोटा,डोलेश्वर गौतम,शिविर लिम्बु,माधव आपगाई र अविन्द्र आँपगाई लगायतका कृषक रहनुभएको छ । १ सय ६ जना सेयर सदस्य रहेको सहकारी १ सय १५ जना कृषक दैनिक रुपमा दुध संकलन गर्दै आएका छन् ।
यसैगरि आजै सम्पन्न सहकारी सस्थाको आठौ अधिबेशनले बिजेश भट्टराईलाई अध्यक्ष चयन गरेको छ । सस्थाको उपाध्यक्षमा बसन्ती लिम्बु,सचिव डोलेश्वर गौतम र कोषाध्यक्ष गिता भट्टराई चयन हुनुभएको छ । त्यसैगरि पहलमान तिम्सिनाको अध्यक्षतामा ३ सदस्यिय लेखा सुपरिवेक्षण समिति समेत गठन गरिएको छ । साधारणसभा तथा अधिबेशन म्याङलुङ नगरपालिकाका उप प्रमुख जमुना कार्की सुवेदीको प्रमुख आथित्यमा सम्पन्न भएको हो ।