छैठौं छथर गाउँपालिका अध्यक्ष कप ः उद्धघाटन खेलमा राजनितिक दललाई १ को विरुद्ध २ गोल गर्दै कर्मचारी विजयी

प्रकाश पाक्साँवा
तेह्रथुम १९ साउन
तेह्रथुमको छथर गाउँपालिकामा ऐतिहासिक भदौरे पूर्णिमाको पावन अवसर पारेर छैठौं छथर गाउँपालिका आमन्त्रित अध्यक्ष कप २०८२ आमन्त्रित फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । कार्यक्रमको उद्धघाटन गर्दै छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले यस्ता प्रतियोगिताहरुले खेलकुद पर्यटनलाई टेवा दिने बताउनु भयो । ऐतिहाँसिक रुपमा लाग्दै आएको भदौरे पुर्णिमा (ढ्याङढ्याङगे) पुर्णिमा खेलकुद तथा लोपउन्मुख कला संस्कृती धामी झाँक्रीहरुको रैथाने कला प्रस्तुत गर्ने मेला रुपमा चिनिन्दै आएको तिगेलाले बताउनु हुन्छ । पछिल्लो समय मेलालाई व्यवस्थीत रुपमा विकास गर्न खेलकुद र सांगितीक कार्यक्रमहरु सञ्चालन गर्दै आएको र लोप हुन लागेका कला संस्कृतीलाई संरक्षण गर्नु पर्ने कुरालाई प्रतियोगिताको उद्धघाटन गर्दै जोड दिनु भयो ।
उद्धघाटन खेलमा राजनितिक दल र कर्मचारी बिच मैत्रीपुर्ण खेल सम्पन्न भएको छ । कर्मचारी टिमले राजनितिक दललाई १ को विरुद्ध २ गोल गर्दै विजयी बनेको छ । मंगलबार छथर गाउँपालिका तेह्रथुम । सि.सि.डी.आई. धनकुटा पहिलो खेल हुने आयोजकले जनाएको छ । मंगलबार नै म्याङलुङ स्पोटिङ र पञ्चायन फुटबल क्लब सुनसरी बिच दोश्रो खेल हुने भएको छ । सोमबार देखी सुरु भएको प्रतियोगिता साउन २३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता टोलीले २ लाख रुपैयाँ नगदका साथै आकर्षक ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताका लागि पनि १ लाख रुपैयाँ नगद सहित ट्रफी, पदक र प्रमाणपत्रको व्यवस्था गरिएको छ । यो पुरस्कार राशिले खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शनका लागि थप उत्साहित बनाउने गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताउनु भयो ।
पुरस्कार वितरण केवल टोलीहरूमा मात्र सीमित नभई प्रतियोगितामा सहभागी खेलाडीहरूको व्यक्तिगत प्रतिभालाई कदर गर्दै विभिन्न विधागत पुरस्कारहरू पनि राखिएका छन्। यसमा उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उच्च स्कोरर र उत्कृष्ट प्रशिक्षकलाई विशेष सम्मान गरिनेछ। यसका साथै, हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द म्याचको उपाधि प्रदान गरिनेछ। यस प्रतियोगिताको छथर गाउँपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगितामा तेह्रथुम,धनकुटा,सुनसरी मोरङ र झापा जिल्लाका ८ वटा टिमको सहभागिता रहेका छन ।