ऐतिहासिक राँके मेला २०८२ को भव्य तयारी ः फुटबलको जोस,सांस्कृतिक कार्यक्रमको रौनक

0

✍️ प्रकाश पाक्साँवा,
तेह्रथुम २८ असार
तेह्रथुम जिल्लाको छथर गाउँपालिका–३ पञ्चकन्यामा साउन १ गतेदेखि ५ गतेसम्म भव्य रूपमा ऐतिहासिक राँके मेला २०८२ आयोजना हुने भएको छ । छथर गाउँपालिकाको आर्थिक सहयोगमा तथा सहयोगी पालिकाहरूको समन्वयमा सञ्चालन हुन गइरहेको मेलामा पुरुष तथा महिला फुटबल प्रतियोगिता साथमा सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

विगत लामो समय देखी फुटबल प्रतियोगिता हुँदै आएको यस मेलालाई विशेष आकर्षण बनाउने उद्देश्यले पुरुष तथा महिला प्रतियोगिताको आयोजना गरिएको राँके केला खेलकुद आयोजक समितीका अध्यक्ष फौदराज लिम्बुले बताउनु भयो । पुरुष फुटबल प्रतियोगिता तर्फ विजेताले १ लाख १, एक हजार १० रुपैयाँ नगद सहित मेडल,प्रमाणपत्र र टÄफी पाउने छन । त्यस्तै उपविजेताले ६५ हजार ६५ रुपैयाँ नगद सहित प्रमाणपत्र,मेडल र टÄफी पाउनेछन ।

त्यस्तै महिला तर्फ विजेताले ५० हजार ५ सय ५ रुपैयाँ नगद प्रमाणपत्र,मेडल र टÄफी पाउने छन । प्रतियोगिताको उपविजेताले ३० हजार ३ सय ३ रुपैया नगद प्रमाणपत्र,मेडल र टÄफी पाउने छन । प्रतियोगितामा दुवै तर्फका सर्वोउत्कृष्ट खेलाडीलाई नगद ३ हजार मेडल र टÄफी प्रदान गरिनेछ । साथै, किपर, डिफेन्डर र हाई स्कोरर विधामा छुट्टाछुट्टै १५ सय नगद मेडल र टÄफी पुरस्कारको व्यवस्था गरिएको छ । प्रत्येक खेलमा “ःम्यान अफ द म्याच“ को रूपमा उत्कृष्ट खेलाडीलाई सम्मान गरिनेछ ।

राँके मेलाको अर्को मुख्य आकर्षण सांस्कृतिक कार्यक्रम हुनेछ जसमा विभिन्न स्थानीय टोलिहरूले भाग लिनेछन ्। सहभागी हरेक सांस्कृतिक टोलीलाई प्रति टोली नगद रु. २५ सय रुपैयाँ प्रदान गरिने खेलकुद आयोजक समितीका कोषाध्यक्ष जुपिटर लिम्बुले बताउनु भयो ।

मेलाको उद्देश्य स्थानीय खेलकुद, कला र संस्कृतिको प्रवद्र्धन गर्नुका साथै सामाजिक एकता र सद्भाव बढाउनु रहेको आयोजकले बताएका छन् । यस कार्यक्रमले विशेषगरी युवाहरूमा प्रतिभा प्रस्तुतिको पाउने भएका छन । फुटबल प्रतियोगिताको पुरुष तर्फ तेह्रथुम,धनकुटा,पाँचथर,सुनसरी र मोरङका १२ टिमको सहभागिता रहेका छन । त्यस्तै महिला फुटबल तर्फ तेह्रथुम,धनकुटा पाँचथर र संखुवासभाका गरी ७ टिमको सहभागीता रहका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed