गुणस्तरीय शिक्षा सिकाईमा अभिभावकको भुमिका र शिक्षकको जिम्मेवारी

0

प्रकाश पाक्साँवा
तेह्रथुम २२ असार
गुणस्तरीय शिक्षा सिकाईमा अभिभावकको महत्वपुर्ण भुमिका रहने गर्छ । बिद्यालयमा शिक्षक र घरमा अभिभावक आ आफ्नै भुमिका र जिम्मेवारी हुन्छ । यस बिषयको थप ज्ञान र जानकारी दिन छथर गाउँपालिकाको ३ र ४ मा रहेको माध्यमिक बिद्यालयहरुमा सिकाईमा सहभागिता र गुणस्तरीयताको लागि “अभिभावकको भूमिका तथा सचेतना कार्यक्रम” सञ्चालन गरिएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा, छथर गाउँपालिकाको सहयोग तथा तमोर सामुदायिक सिकाइ केन्द्रको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।

खासगरी अभीभावकहरुको मुख्य सहभागिता रहेको कार्यक्रममा गुणस्तरीय शिक्षामा अभीभावकहरुले खेल्नु पर्ने भुमिका दायित्व र जिम्मेवारी लगायतका बिषयमा छलफल भएको थियो । न्युन सिकाई स्तरलाई उकास्न बिद्यार्थीको सहभागीता वृद्धी गर्दै गुणस्तरीय शिक्षामा अभीभावकहरुको भुमिका के कस्तो रहन्छ भन्ने बिषयमा ज्ञान प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको सिकाई केन्द्रका अध्यक्ष टाम्कान्ता लुईटेलले बताउनु भयो ।

लागू औषधको दुव्र्यसन, सामाजिक सञ्जालको प्रयोग, अभिभावकको जिम्मेवारी, विद्यालयको भूमिका, सुशासन, विपद् व्यवस्थापन लगायतका विषय सहजकर्ता तेह्रथुम जिल्ला शिक्षा समन्वय समितीका पुर्व प्रमुख भिम मिश्रले सहजिकरण गर्नु भएको थियो । शिक्षालाई उपलब्धीमुल बनाउन अभीभावकहरुको महत्वपुर्ण भुमिका रहने भएकाले यस्तो परिवेश बनाउने प्रयत्न भएको नविन शिक्षा सदन माध्यमिक बिद्यालयका प्रधानध्यापक कृष्णबहादुर निरौलाको भनाई छ ।

कार्यक्रममा सहभागी अभिभावकहरूले आफ्ना छोराछोरीको शिक्षामा थप जिम्मेवार र सक्रिय रहने प्रतिबद्धता जनाएका छन् । शिक्षा नै समृद्धी,विकास,सुशासन र सर्वाणिक विकासको निम्ती जोडिएकोले सबैको चासो बिषय बनेको भएपनी गुणस्तरीय रुपमा अगाडी बढाउन नसक्नुमा सबै जिम्मेवार रहेको छथर गाउँपालिका ३ का वडाध्यक्ष देउमान लिम्बुले बताउनु भयो ।

कार्यक्रमले सिकाइको गुणस्तर अभिवृद्धिमा अभिभावक, शिक्षक र समुदायको संयुक्त भूमिका आवश्यक रहेको सन्देश दिएको छ । गुणस्तरीय शिक्षको निम्ती अभीभावक र शिक्षकहरुको भुमिकालाई जिम्मेवारी बोध गराउन यी र यस्ता कार्यक्रमहरु समय समयमा सञ्चालन गर्न भने आवश्यक देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed