छथर जोरपाटी गाउँपालिकामा श्रमदान अभीयान – पालिका अध्यक्ष छत्र सुब्बा आफै श्रमदानमा जुटे

0

प्रकाश पाक्साँवा,
तेह्रथुम ८ असार
धनकुटाको छथर जोरपाटी गाउँपालिकामा डेढ महिना यता देखिएको दृश्य फरक छ । पालिकाको गाउँ जोड्ने सडकहरुमा स्थानीय युवा, नालि सरसफाई तथा मर्मतमा जुटि रहेका छन् । वृद्धहरू, र नेतृत्व गरिरहेका छन् आफै गाउँपालिका अध्यक्ष छत्र सुब्बा ।

“हाम्रो गाउँ, आफै बनाऔं” भन्ने नारासहित सुरु गरिएको श्रमदान अभियानले गाउँ विकासको अभ्यासमा नयाँ ढोका खोलेको छ । करिब डेढ महिनादेखि सञ्चालनमा रहेको यो सामूहिक श्रमदान कार्यक्रमले छथर जोरपाटीलाई उदाहरणीय गाउँपालिकाको रुपमा चिनाउन थालेको छ ।

सडक बनाउनेभन्दा जटिल काम भनेको सडक टिकाइराख्नु हो । वर्षा सुरु भएसँगै ग्रामीण सडकहरूमा पहिरो, हिलो, र अबरुद्ध नालीले स्थानीयलाई समस्यामा पारेको थियो । तर अहिले स्थिति फेरिएको छ । अध्यक्ष सुब्बाको नेतृत्वमा वडाध्यक्षहरू, कार्यालयका ज्यालादारी कर्मचारी, टोल विकास संस्थाका पदाधिकारीहरू तथा स्थानीयवासीहरू स्वयंसेवकका रूपमा सडक सफा गर्न र मर्मत गर्न जुटिरहेका छन् ।


श्रमदानमा दैनिक ३० देखि ४० जना सहभागी भइरहेका छन्। वडामा रहेका मुख्य सडकहरू—त्रिसुले–हात्तिखर्क, जोरपाटी–चुलाचुली–काजिमाने,सिधुवा–हलहले–पटेकडाँडा लगायतका सडकहरूमा पहिरो हटाउने, ढल निकास गर्ने,कार्य भएको छ । स्थानीय युवा हिक्मत थापा भन्छन्, “सडक त बनेका थिए, तर हेरचाहको अभावले कहिलेकाहीँ दुई दिनसम्म तरकारी ढुवानी गर्नै नसक्ने अवस्था आउँथ्यो। अहिलेको श्रमदानले त्यसमा ठूलो राहत मिलेको छ ।”

श्रमदानको नेतृत्व गरिरहेका अध्यक्ष छत्र सुब्बा भने यसलाई ’गाउँले स्वाभिमान र दीगो विकासको आधार’ मान्छन्् । “श्रमदान भनेको सस्तो विकास होइन, टिकाउ विकासको आधार हो,” अध्यक्ष सुब्बा भन्छन्, “हामी आफैं लागेपछि जनताको विश्वास पनि बढेको छ।” यसैक्रममा निगाले टोल विकास समितिका अध्यक्ष धनबहादुर थापा पनि सहभागितामा जुटिरहेका छन ्। उनी भन्छन्, “पहिला बाटो बिग्रिएपछि निर्माण व्यवसायीको मुख ताक्नु पथ्र्यो। अहिले आफैं जुटेका छौं। श्रमदानले हामीलाई आत्मनिर्भर बनाएको छ।”

थापा मात्र नभई पालिकाको सबै वडाका टोल विकास समितीका पदाधिकारीहरु र वडाध्यक्षहरु यो अभियानमा जुटि रहेका छन । छथर जोरपाटी गाउँपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राख्दै आएको छ । तर यो पटक केवल निर्माण होइन, संरक्षण र सुधारमा जनशक्ति केन्द्रित गरिएको छ । अभियानलाई निरन्तरता दिन हरेक शनिबार श्रमदान गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed