हाङदुम खेवाहाङ मादेन वंश प्रतिष्ठानको अगुवाईमा ताक्लुङ गढी परिसरमा सरसफाई

प्रकाश पाक्साँवा
तेह्रथुम ३० साउन
छथर गाउँपालिका ५ ओख्रे (इतिहासमा छथरथुम सुदाप) तेह्रथुममा रहेको ताक्लुङ गढि परिसर मंगलबार सरसफाई गरिएको छ । हाङदुम खेवाहाङ मादेन वंश प्रतिष्ठानको अगुवाईमा गढी परिसरमा सरसफाई गरिएको छ । गढी क्षेत्रमा सरसरफाईका साथै गढी वरिपरी परिक्रममा गर्न सक्ने गरी गोरेटो बाटो बनाइएको प्रतिष्ठानका अध्यक्ष महेन्द्र मादेनले बताउनु भयो ।

त्यस्तै गढी नजिकै भेला बैठक बस्न मिल्ने ठाउँको समेत व्यवस्थापन गरिएको छ । सिक्किमका पुर्व शिक्षा तथा पर्यटन मन्त्री आरबी सुब्बा खेवाहाङ मादेनको प्रमुख आतिथ्यतामा यही साउन ३२ गते हुने भएको प्रतिष्ठानले जनाएको छ । गढीलाई मादेन,तिगेला,तुम्खेवा,माङयाक,चोङबाङ र आङखेवा गरी ६ थरी खेवाहरुले माङगेना (यक) गडी मान्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *