सिधुवामा चण्डीपुर्णे (रगरगे) मेला ३ दिन लाग्ने,दोश्रो सिधुवारन तथा विभीन्न सांस्कृतिक कार्यक्रम हुने


प्रकाश पाक्साँवा
तेह्रथुम २६ बैशाख
गतबर्षे देखी पुनः लगाउन सुरु गरिएको छथर जोरपाटी गाउँपालिका ६ सिधुवा बजार धनकुटामा ऐतिहाँसिक चण्डिपुर्णे (रगरगे) मेलाको अवसरमा दोश्रो सिधुवारनका साथै विभीन्न सांस्कृतिक कार्यक्रमहरु हुने भएको छ । कुनै बेला पुर्णी पहाडमा नै कहिलिएको मेला १० बर्षे द्धन्द्धले लाग्न छाडेको मेला गतबर्षदेखी पुनः सिधुवारन तथा विभीन्न कार्यक्रमका साथ लाग्न थालेको मेला यसबर्ष पनी सिधुवारनलाई निरन्तरता दिँदै विभीन्न कार्यक्रमहरु हुने भएको हो ।

छथर जोरपाटी गाउँपालिका ६ नं वडा कार्यालयको संयोजनमा मेला यही जेष्ठ १० देखी १२ सम्म लाग्ने भएको चण्डीपुर्णे मेला (बुद्ध जयन्ती तथा दोश्रो सिधुवारन) मुल आयोजक समितीका संयोजक तथा वडाध्यक्ष दिपक गुरुङले बताउनु भयो । सिधुवारनमा पुरुष तर्फ प्रथमले नगद २५ हजार ५ सय २५ दोश्रोले २० हजार २ सय २५ र तेश्रोले १५ हजार १ सय १५ र प्रमाणपत्र र मेडल पाउने भएका छन । त्यस्तै महिला तर्फ प्रथम हुनेले १५ हजार ५ सय २५,दोश्रोले १० हजार २ सय २५ र तेश्रो हुनेले ७ हजार १ सय २५ मेडल र प्रमाणपत्र पाउने भएका छन । सिधुवारन प्रतियोगिता जेष्ठ ११ गते बिहान हुने आयोजकले जनाएको छ ।

मेलाको अवसरमा धाननाच,च्याब्रुङ नाच,चण्डीनाच,लाखेनाच हुने भएका छन । आन्तरित पर्यटन प्रर्बधनका निम्ती स्थानीय उत्पादन समेत जोड दिने लक्ष्य रहेको आयोजकले जनाएको छ । मेलालाई भव्य रुपमा सम्पन्न गर्न आर्थीक समिती,प्रचारप्रसार समिती स्वयंसेवक समिती,झाँकी व्यवस्थापन समिती, गेट निमार्ण समिती,प्राथमिक उपचार समिती,स्टल व्यवस्थानि समिती लगायतका उपसमितीहरु गठन गरीएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *