सिंहेश्वरी माविको प्रअ श्रेष्ठको अवकाश

संखुवासभा, २१ असोज ।
संखुवासभाको धर्मदेवी नगरपालिका वडा नं. ३ मा रहेको श्री सिंहेश्वरी माध्यमिक विद्यालय मुढेशनिश्चरेको प्रधानाध्यापक उदय कुमार श्रेष्ठको अनिवार्य अवकाश भएको छ ।

वि.सं. २०४० साल फाल्गुन १ अस्थायी र २०४३ पौष २० गते स्थायी शिक्षकको रुपमा शिक्षण सुरु गर्नु भएको श्रेष्ठले अनवरत रुपमा करीब ४० वर्ष शिक्षण पेशामा आवद्ध रहि असोज २१ गते उमेर हदका कारण अनिवार्य अवकाश हुनु भएको छ ।

जिल्लाको विभिन्न विद्यालय हुँदै सिंहेश्वरी माध्यमिक विद्यालयमा २०५८ साल असार १ गतेदेखी हाजिर भई अध्यापन गराउँदै आउनु भएको थियो । उक्त क्रममा २० वर्ष विद्यालयको प्रधानाध्यापकको रुपमा काम गर्दै विद्यालयको शैक्षिक,भौतिक र आर्थिक क्षेत्रलाई सबल बनाउनमा अहम भुमिका खेल्नु भएको हो ।

प्रधानाध्याप श्रेष्ठले शिक्षण पेशाबाट अवकास पाए पनि बाँचुन्जेल शिक्षा र सामाजिक क्षेत्रमै क्रियाशिल रहने बताए ।

प्रधानाध्यापक श्रेष्ठ नेपाल रेडक्रस सोसाईटी तामाफोक उपशाखाको वर्तमान सभापतिको साथै विभिन्न संघ संस्थामा आवद्ध रहेका हुन् ।

प्रधानाध्यापक श्रेष्ठ शैक्षिक तथा प्रशानिक क्षेत्रमा अनुभवी मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *