धरान,
पछिल्लो समय व्यस्त तथा चर्चित गायिका सुनिता थेगिम र गायक तथा संगितकार समिर सिंगकको आवाजमा रहेको पूर्वेली लोकभाकाको गित “सुनकेसरी” को म्यूजिक भिडियो छायाङकन सकिएको छ । पत्रकार तथा गितकार टिआर सेनेहाङको शब्द र सिंगककै संगित रहेको यस भिडियोमा रोमियो पंधाक लिम्बु,विमला खजुम,गितकार टिआर सेनेहाङ, निसाम तुम्बापो,आधुनिक देवान,सिता थेगिम,रविन नाल्बो,नुमा माबुहाङ लगायतको भूमिका रहेको छ ।
पछिल्लो समय व्यस्त निर्देशक देउ कृष्ण लिंखा याक्खा (राई)को निर्देशन रहेको यस गितको म्यूजिक भिडियो पाँचथरको पर्यटकिय स्थल साधुटार र चोकमागुमा छायाङकन गरिएको हो रोमियो फिल्म्ले निर्माण गरेको यस भिडियोमा सुमन लामाको क्यामेरा र कृष्ण सुवेदीको श्रृङगार रहेको छ । समाजमा भएको घटनालाई भिडियो मार्फत यथार्थ चित्रण गर्न खोजिएको कथावस्तु समेटिएको यस फिल्मी भिडियो नयाँँ सालको बैशाखमा रिलिज गरिने तयारी रहेको छ ।