सगरमाथा बोर्डिङ स्कुलले कक्षा ११ का बिद्यार्थीहरुलाई मोटिभेशन गर्दै स्वागत गर्याे

प्रकाश पाक्साँवा
तेह्रथुम १९ असोज
छथर जोरपाटी गाउँपालिका ६ सिधुवा धनकुटामा रहेको सगरमाथा ईङलिस बोर्डिङ स्कुलले कक्षा ११ का बिद्यार्थीहरुलाई एक कार्यक्रमका बिच स्वागत गरेको छ । नुनथला भिजेल रिर्साेटमा स्कुलले बिद्यार्थीहरुलाई मोटिभेशन गर्दै स्वागत गरेको बिद्यालयका प्रधानध्यापक दिवेश खड्काले बताउनु भयो ।

ईईसी पास गरी कक्षा ११ मा भर्ना भएका बिद्यार्थीहरुलाई व्यवहारिक पढाईका साथै अध्यायनमा ध्यान दिनु पर्ने कुराहरुको बारे मोटिभेशन गरिएको थियो । छथर जोरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले बिद्यार्थी जिवनमा आफुले आध्ययन सँगै व्यावहारिक शिक्षा सिक्न जरुरी रहेको बताउनु भयो । त्यस्तै गरी प्राईम कमर्सियल बैक सिधुवाका प्रमुख प्रत्युस घिमिरे बैक शिक्षा,डिजिटल बैकिङ तथा शेयर मार्सेट सम्बन्धी जानकारी दिनु भएको थियो । शिक्षा नै जिवनको ज्योती भएको बिद्यालय व्यवश्थापन समिती अध्यक्ष शिवकुमार श्रेष्ठले बताउनु भयो । स्वागत कार्यक्रमको अवसरमा विभीन्न प्रतियोगिताहरु सञ्चालन भएका थिए । प्रतियोगितामा विजेता बनेको बिद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *