श्रीमती हत्या आरोपमा श्रीमान झापा बाट पक्राउ

तेह्रथुम २७ साउन
श्रीमती हत्या आरोपमा झापाको काँकडभिटा बाट आठराई गाउँपालिका १ डाँडागाउँका राज कुमार श्रेष्ठ पक्राउ परेका छन् । २४ बर्षिया श्रीमती रेशिका श्रेष्ठ (दमन्ता) को हत्या गरेको आरोपमा उनलाई काँकडभिटा प्रहरीले शनिवार अपरान्ह ४ वजे पक्राउ गरेको हो ।

काँकडभिटाको एक होटलमा लुकीछिपी वसेको अवस्थामा गोप्य सुचनाको आधारमा श्रेष्ठलाई पक्राउ गरीएको प्रहरी नायव उपरिक्षक राजन चापागांईले वताए । श्रेष्ठलाई आईतबार जिल्ला ल्याईने प्रहरीले जनाएको छ । गत साउन १४ गते देखी हराईरहेकी श्रेष्ठको शव उनकै पसल पछाडीको संगुरको खोरमा गाडेको अवस्थामा शनीवार अपरान्ह फेला परेको थियो । गाडेको अवस्थामा शव फेला परेपछि प्रहरीले झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा निगरानी वढाएको थियो । ‘प्रहरीको संयन्त्रले एकदमै छिटो काम ग¥यो’ प्रनाउ चापागांईले भने । श्रेष्ठ दम्पतीका ७ बर्पकी एक छोरी छन् ।

श्रेष्ठ दम्पतीले बिगत ५ वर्ष देखी श्रीकृष्ण मावी डाँडागाँउको क्यान्टीन संचालन गर्दै आएका थिए । क्यान्टीनमा खाजा र किराना पसल संचालन गर्दै आएकी श्रेष्ठ एकाएक पसल बाटै हराएको भन्दै श्रीमान राजकुमारले साउन १५ गते ईलाका प्रहरी कार्यालय संक्रान्ती वजारमा खोजतलासका लागि आफै निवेदन दिएका थिए । त्यसको केही दिन पछि श्रीमती झापामा रहेको आफन्तको घरमा फेला परेको भन्दै प्रहरीलाई नखोज्नु भनेर जानकारी गराएका थिए । श्रीमती सहित सम्पर्कमा ल्याउनु भन्दै आठराई प्रहरीले श्रेष्ठलाई छाडेको थियो । त्यस पछि केही दिन सम्म घरमै रहेका श्रेष्ठ गत साउन २४ गते विहानै देखी सम्पर्क विहिन भएका थिए । उनी आफुले प्रयोग गर्ने मोटरसाईकल सहित घर बाट सम्पर्क विहिन भएपछि प्रहरी, स्थानीय र माईती पक्ष्ँले खोजी कार्य तिव्र पारेका थिए । सोही क्रममा रेशिकाको शव गाडेको अवस्थामा फेला परेको हो । उनको शव गलेको अवस्था उत्खनन् गरी प्रहरीले निकालेको थियो ।

श्रेष्ठको शव उनकै पसल पछाडी रहेको सुंगुरको खोरमा प्लाष्टिकमा बेरेर गाडेको अवस्थामा फेला परेको थियो । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाट प्रहरी निरीक्ष्ँक छेफिन्जो भोटेको नेतृत्वमा प्रहरी घटना स्थल पुगेको छ । घटना स्थल र शवको प्रकृति हेर्दा श्रीमानले नै हत्या गरेर शवलाई गाडेको हुन सक्ने प्रहरीको अनुमान छ । श्रेष्ठ दम्पती विच समय समयमा पारिवारीक झगडा भैरहने गरेको स्थानीयले वताएका छन् । श्रेष्ठ दम्पतीले १० बर्षको कागज गरेर १ लाख रुपैंया वन्धकी राखेर नजीकै रहेको श्रीकृष्ण मावीको क्यान्टीन संचालन गर्दै आएको सोही विद्यँलयका शिक्ष्ँक उमानाथ भण्डारीले वताए । सोही क्यान्टीन पनि उनले केही दिन अघि मात्रै अर्कै व्यक्तिलाई विक्री गरेका थिए । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनँएको छ । इकान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *