लिम्बु जातीको सांस्कृतिक बाजा च्याब्रुङ

प्रकाश पाक्साँवा
तेह्रथुम १३ असोज
नेपाल बहुल जाती र बहु सास्कृतिक सम्पदाले भरिपूर्ण मुुलुक हो । यहा बसोबास गर्ने हरेक जात जातिको रितिरिवाज र मौलिकता रहेको छ । यसैसन्दर्भमा नेपालको पुर्वि भुभागमा आदिमकाल देखी बसोबास गर्ने लिम्बु जातिको मौलिक संस्कृती मध्ये च्याबु्रङ नाच एक महत्वपूर्ण संस्कृती हो । तर यो नाच पुस्तान्तरण हुन नसकेकोले लोप हुने अवस्थामा छ ।

लिम्बु जातिको चिनारीको रुपमा रहेको सास्कृतिक बाजा च्याब्रुङ हो । यो बाजा विवाह,पर्व,उत्सव,घरपैचो जस्ता शुभकार्यहरुमा बजाउै नाच्ने गरिन्छ । झन्डै मादलजस्तै ठूलो काठको ढुंग्रोमा दुवैतिर पातलो छाला मोडेर बनाइने यो बाजामा खरीको प्रयोग गरिँदैन । च्याबु्रङनाच लिम्बू समुदायको प्रचलित नृत्य हो । यो नाच वृत्ताकार शैलीमा घेराबन्दी भएर मुन्धुम गाउँदै नाचिन्छ । च्याबु्रङ बजाउँदा प्रायजसो दाहिने ताल हातले एकपटक र देव्रे ताल लट्ठीले दुईपटक हिर्काएर बजाइन्छ । लिम्बु अर्थात थाक्थुङ जातिको मुख्य सम्पदाको रुपमा रहेको च्याबु्रङ नाच पछिल्लो समय लोप हुने अवस्थामा छ । पहिले पहिले विहे बटुलो हुने खबर सुन्नसाथ घरमा रहेको च्याबु्रङ तयार गर्न थालिने भएपनि हिजोआज भने विवाह लगातयको शुभकाममा च्याबु्रङनाचको टोलीलाई खोज्न टाढा टाढासम्म पुग्नुपरेको चैनपुर नगरपालिका संखुवासभाका मानध्वज लिम्बुले बताए । ‘हामीले पहिले पहिले साथीभाई मिलेर टाढा विवाहहरुमा नाच्न जाथ्यौ र रातभरी च्याब्रुङ नाचिन्थ्यो विहान मात्रै घर फकिन्थ्यौ तर,अहिले पहिलेको जस्तो छैन गाउँमा च्याब्रुङ बनाउनेहरु घट्दै गएका छन । युवाहरु जती रोजगारको खोजीमा गाउँ छाड्दै गए । समुहमा च्याब्र्रुङ टोलीहरुलाई निम्तो दिएर मात्रै जाने चलन सुरु भएको छ, लिम्बुले भने ।’

च्याबु्रङ नाचको आधारभूत ताल कसरक्पा हो । यसमा पनि विविधता हुन्छ । यो कहिले गोलो घेरामा, कहिले अर्धगोलाकार त कहिले सरल रेखामा नाचिन्छ । यसमा सबैले एउटै तालमा खुट्टाहरू अघिपछि सार्छन् भने हातले गर्ने अभिनय पनि रोचक हुन्छ । यो नृत्यमा कुखुराको भाले, परेवा, मयूर, ढुकुर, कोइली, भँगेरा, सर्प, पुतली, दुम्सी, मृग, बाँदरजस्ता जीवजन्तुको हाउभाउको अनुकरण गरिन्छ । यो नाचमा गाइने मुन्धुममा जीवन र जगतको वर्णन गरिन्छ । च्याबु्रङ नाच्ने र मुन्धुुम गाउने अग्रजहरु पाका भई सकेको र सस्कृतीलाई लोप हुन नदिन युवाहरुले समुह नै बनाएर च्याबु्रङ नाच्न बिभिन्न ठाँउमा पुग्ने गरेको आठराई त्रिबेणी गाउपालिका ४ ताप्लेजुङका अमृता साँवा बताउँछिन । अमृता भन्छिन् ‘गाउँमा हामीले मिलेर आफ्नो संस्कृती संरक्षणका लागी च्याब्रुङ टोली बनाएका छौ । हामीलाई निम्तो दिएपछी हाम्रो टोली जाने गरेका छौ ।’

लिम्बू समुदायको धर्मग्रन्थ मुन्धुमअनुसार सृष्टिको उत्पत्तिदेखि मानव सभ्यताको विकास क्रम सँगै पुर्खा सोदुङगेन लेप्मुहाङको पालादेखि च्याबु्रङ बजाउन सुरु भएको हो । यो बाजा बजाउँदा दाहिनेपट्टिबाट ‘च्याङ’ र देब्रेपट्टि ‘ब्रङ’ को (ध्वनि) निस्कन्छ । सोही कारण यो बाजालाई च्याबु्रङ भनिएको जानकारहरुको भनाई छ । यस्ता किसिमका सभ्यता बोकेका बाजा र नाचको उचित संरक्षण र प्रवद्र्धन गर्न सके मौलिक पर्यटनको बिकास समेत सम्भव छ । पुर्वी नेपालको तेह्रथुम,धनकुटा,पाँचथर,ताप्लेजुङ,ईलाम,झापा,मोरङ सुनसरी,संखुवासभा र राजधानी तथा सिक्कीम दार्जिलिङका साथै विश्वको विभीन्न मुलुकमा बसोबास गर्दै आएका लिम्बु जातीहरुले च्याब्रुङ बजाउने गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *