लालीगुराँस नगरपालिकाको सोहौं नगरसभामा , ५१ करोड बढीको बजेट

0

तेह्रथुम ८ असार
तेह्रथुम । लालीगुराँस नगरपालिकाको सोहौं (१६औं) नगरसभा अधिवेशनले आर्थिक वर्ष २०८२÷८३ का लागि नीति तथा कार्यक्रम, विनियोजन विधेयक २०८२ र आर्थिक विधेयक २०८२ सर्वसम्मत रूपमा पारित गरेको छ ।

नगर प्रमुख अर्जुन माबोहाङको अध्यक्षतामा बसेको अधिवेशनले नीति तथा कार्यक्रममार्फत नगरको समावेशी विकास र पूर्वाधार विस्तारलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । अधिवेशनमा प्रस्तुत गरिएका विधेयकहरूमा प्रतिनिधिहरूद्वारा छलफल र सुझावहरू दिइएपछि सर्वसम्मत पारित गरिएको हो ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ५१ करोड २ लाख ५७ हजार ८ रुपैयाँको आय–व्यय विवरण सहितको बजेट पारित गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनु भयो । बजेटमा आधारभूत पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सामाजिक विकास तथा सुशासनमा प्राथमिकता दिइएको छ ।

नगरसभाको अधिवेशन २०८२ साल असार ८ गतेदेखि सुरु भई, लालीगुराँस नगरपालिकाको सभाहल, बसन्तपुर, तेह्रथुममा आयोजना गरिएको हो । अधिवेशनमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed