प्रकाश पाक्साँवा
तेह्रथुम २५ बैशाख
लामो समय पानी नपरेकाले चिन्तित बन्दै गएका किसानहरु आईतबार पानी परेपछी राहात पाएका छन । तेह्रथुम जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर क्षेत्रका किसानले लगाएको अन्नबाली पानी नपरेकाले सुख्न थालेपछी चिन्तित बनेका किसानहरु पानी परेपछी राहात पाएका हुन ।
लामो समय सम्म पानी नपर्दा एकेहोर्याउन तयार भएको मकैका साथै तरकारी,फलफुल सुख्खा हुनुका साथै पशुचौपयालाई समेत समस्या पर्दै आएको छथर गाउँपालिका ४ फाक्चामाराका नरमाया कार्कीले बताउनु भयो । पानी परेपछी किसानहरु यतीबेला मकै एकोहोर्याउन धमाधम भएका छन । धरै समय पानी नपरेका कारण सुख्खाग्रस्त क्षेत्रमा अन्नबाली सुक्दै गएका थिए ।