प्रकाश पाक्साँवा
तेह्रथुम ११ फागुन
छथर जोरपाटी गाउँपालिका ६ धनकुटामा रहेको पर्यटकीय स्थल हलहले पटेक डाँडा युवाहरुको सकृयतामा श्रमदानमा सरसफाई गरिएको छ । संरक्षणको अभावमा झाडी बुट्यान बन्दै्र गएको पर्यटकीय स्थललाई युवाहरुको सकृयतामा संरक्षण गरिएको स्थानीय युवा खेमराज सुब्बा योङहाङले बताउनु भयो । स्थानीय युवा लक्ष्मी नारायण श्रेष्ठ,प्रकाश श्रेष्ठका साथै स्थानीय युवाहरुको सहभागीतमा सरसफाई सम्पन्न भएको हो ।
पर्यटकीय प्रचुर सम्भावन रहेको हलहले पटेक डाडालाई संरक्षण गर्ने उदेश्यका साथ सरसफाई गरिएको दिवेश खड्काले बताउनु भयो । स्थानीय युवाहको सकृयतामा गरिएको सरसफाईमा वैदेसिक रोजगारमा रहेका लोकेन्द्र थोक्लेन र डम्बर कार्कीले सहयोग गर्नु भएको थियो । छथर जोरपाटी गाउँपालिका धनकुटा छथर गाउँपालिका तेह्रथुमको संगम स्थलमा रहेको मार्गपोखरी जाने बाटोलाई आउने दिनहरुमा सरसफाई गर्ने लक्ष्य रहेको जनाइएको छ ।