प्रकाश पाक्साँवा
तेह्रथुम १४ असार
लालीगुराँस नगरपालिका ७ तेह्रथुमका खड्कबहादुर रानामगर उमेरले ६४ बर्ष पुगे । छिपिन्दो उमेरका मगरले घर वरीपरि र घर नजिकै मौरी पालेका छन । १४ बर्षको उमेरमा १ घार देखी मौरी पाल्न सुरु गरेका मगरले अहिले २९ घार मौरी पालेका छन । अन्नबाली र तरकारी खेती गर्दै आएका उनी यतीबेला मौरीपालनलाई व्यवसायिक बनाएका छन । एक घारबाट मौरी पालन सुरु गरेका मगरलाई सुरुका दिनहरुमा आम्दानी लिन सकिन्छ भन्ने कल्पना सम्म गरेका थिएनन् ।
‘गाउँमा मह बिक्री हुँदैनथ्यो ,मह काड्दा मह नि खाने बच्चा नी आफै खाइन्थ्यो । कुनैबेला मौरी मरेर घार नै रित्तिन्थ्यो भने कुनेबेला आफै मौरी आउने जाने गर्थे’,उनले भने । परम्परागत घारमा मौरी पाल्दै आएका मगरले अहिले आधुनिक घारमा मौरी पालनलाई व्यवसायिक बनाएका छन । एकसाल तोरी फुल्ने सिजनमा मह राम्रो उत्पादन हुन्छ भन्ने आश गरेको बेला सबै मौरी मरेपछी उनी निराश बने । गाउँमा लगाएको तरकारीमा रसाईनिक मल अत्याधिक प्रयोगका कारण मौरी मरेको उनले सोचे । गाउँका अरु जस्ते उनले पनी तरकारी खेतीमा रसाईनिक मल प्रयोग गर्दै आएका थिए ।
रसाईनिक मल तथा बिषदी को प्रयोगले तरकारी उत्पादन केही बर्ष फस्टाए पनी मानव स्वास्थ्यमा असर र मौरीपालनमा समस्या पर्दै आएको थियो । बिषादीको प्रयोगले आफ्नै खुट्टामा असर देखिएपछी मगरले रसाईनिक मल र बिषादी कम गर्दै गए । यसै क्रममा फेरी एक घार मौरी आफै आए । मौरीपालन सम्बन्धी ज्ञानको कमि रहेका मगरलाई २०७६ सालमा दलित सचेतना समाज ड्यासको आयोजना तथा एक्सनएड नेपालको सहयोगमा सञ्चालित मौरीपालन सम्बन्धी ७ दिने तालिमा सहभागी बने । सहभागी बनै सँगै मौरीपालनको बारे ज्ञान सिप सँगै मौरी सहित आधुनिक घार उनले पाएका थिए ।
लालीगुराँस नगरपालिका ७ तेह्रथुमका खड्कबहादुर रानामगर मौरी काड्न तयारी गर्दै ।
तालिमले मौरीपालनबाट कम श्रम र मेहनतले राम्रो आम्दानी लिन सकिने ज्ञान पाएपछी उनले क्रमस मौरीको घार थप्दै २० घार पुर्याएका थिए । मौरीको घार विस्तार सँगै उनले मह बिक्रीबाट १५ हजार आम्दानी लिए सँगै यो व्यवसायमा हौसिए । उनले यतीबेला मौरीको मह बिक्रीबाट राम्रो आम्दानी हुन थालेपछी मगरले घार बिस्तार गर्दै २९ घार पुर्याएका छन । मोरीको मह बिक्रीबाट आम्दानी हुन थालेपछी अहिले व्यवसायिक रुपमा गर्न थालेका छन । मह अहिले १ हजार ५ रुपैयाँले बिक्री गर्दै आएका छन ।
मह बिक्रीबाट मात्रै गतबर्ष १ लाख ६० हजार आम्दानी लिएका थिए । समय समयमा मौरीपालनमा विभीन्न समस्या भोग्दै आएका मगरले उत्पादन गरेको मह घरैबाट बिक्री गर्दै आएको बताउँछन । १ घार मौरी र मौरीपालनका लागी एक्सनएड नेपालले दलित सचेतना समाज ड्यासको समन्वयमा नगद १० हजार प्राप्त गरेपछी मौरीपालन तर्फ आकर्षित बनेका हुन । उनले उत्पादन गरेको मह स्थानीय बजार लसुने,बसन्तपुर म्याङलुङका साथै धरान,बिराटनगरका साथै काठमाडौ लगायतका स्थानमा बिक्री हुँदै आएको छ ।
खड्कबहादुर रानामगरले मौरी काडेर निकालिएको मह ।
मगरले यसबर्ष बैशाख देखी मंसिर सम्ममा २ लाख बढी आम्दानी लिने लक्ष्य लिएका छन । श्रीमती छोराछोरी सहित ६ जनाको परिवार रहेको उनले मौरीपालन व्यवसायले परिवारको गर्जाे टार्न सहज बनेको छ । उनी भन्छन् ‘ड्यासले सञ्चालन गरेको मौरीपालन तालिममा सहभागी नभएको भए म व्यवसायिक मौरीपालन गर्ने नै थिईन, जुन मैले ७ दिन पाएको तालिम नै पहिलो परिवार धान्न एक माध्यम बनेको छ। अझै मौरीको घार थप्दै लाने सोचमा छु ,।’ मौरीपालन सँगै सँगै मौरीको घार समेत बनाएर बिक्री गर्दै आएका छन । एउटा मौरी र घार उनले १० हजारको दरले बिक्री गर्ने गरेको बताउँछन । गाउँमा अर्गानिक खेतीलाई जोड् दिन थाले सँगै मौरीपालन व्यवसाय फस्टाएको उनको बुझाईछ । केहीबर्ष अघीसम्म रमाईनिक मल र बिषादीयुक्त तरकारी उत्पादन हुँद मौरीपालन फस्टाउन सकेको थिएन् । तरकारी तथा अन्नबालीमा रसाईनिक मल । बिषादी प्रयोग हुदाँ मौरी मर्ने गरेको साथै मह पनी उत्पादनमा कमी भएको मगरको भनाई छ ।
जहाँ ईच्छा त्यहाँ उपाय भने झै यतीबेला उनको मैरीपालन इच्छा गाउँमा अर्गानिक खेती सुरु सँगै पुरा हुँदै गएको छ । अहिले २९ घार मौरी पाल्दै आएका उनले बढाएर १ सय घार पुर्याउने लक्ष्य लिएका छ । सामान्य हेरचाह गर्दा राम्रो आम्दानी लिन सकिने भएकाले पनी व्यवसायलाई विस्तार गर्दै लाने लक्ष्य राखेको बताउँछन् । एक घारबाट सुरु गरेका मगर यतीबेला मौरीपालन किसानको उदाहरणको रुपमा चिनिन थालेका छन । गाउँ मै मेहनत र ज्ञान सिप भए राम्रो आम्दानी लिन सकिन्छ भन्ने गतिलो उदाहरण मगरले दिएका छन ।