बिमला आठपहरिया राईका मुक्तकहरु

मुक्तक


तिमीले भन्यो पिडा भयो तिम्रै कारण
खोजी हेरें चारैतिर भेटिन कुनै कारण
मान्छे बद्लेपछि बद्लिन्दो हो मनपनि
सायद आज दोषी भएं त्यसै कारण ।

थाहा थिएन तिम्रो मुटु ढुङ्गा जस्तो छ भनी
अमुल्य माया के थाहा यति सस्तो छ भनी
मायाको मुल्य तौलिदै हिड्ने मायालुलाई
सोधिन माया जोख्ने तराजु कस्तो छ भनी ।

बिदा छ मुस्कुराउदै छोडेर जानेलाई
बाटो देखाएर बाटो मोडेर जानेलाई
सोधिन कहाँ जाने भनी निष्ठुरी लाई
शुभकामना छ दिल तोडेर जानेलाई ।।

बिमला आठपहरिया राई
धनकुटा नगरपालिका वडा -५ धनकुटा
हाल = ललितपुर टीकाथली -५

Leave a Reply

Your email address will not be published. Required fields are marked *