तेह्रथुम । असोज १२ र १३ गते कोशी प्रदेशको राजधानी विराटनगरमा नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा चर्चित नेता पुर्व मन्त्री लक्ष्मण तिवारीले खुल्ला सदस्य (हलबाट) पदमा उम्मेदवारी दिएका छन् ।
नेकपा एमाले कोशी प्रदेश कमिटी सस्थापक सदस्य हुदै सचिबालय सदस्यको जिम्मेवारी सफलता पुर्वक निर्वाह गरेका तिवारीले यस पटक कोशी प्रदेशको खुला सदस्य (हलबाट) पदमा उम्मेदवारी दिएका हुन । कोशी प्रदेशको प्रथम अधिवेशनमा तिवारीले आफ्नो उम्मेदवारीलाई सशक्त ढंग बाट अघि वढाएका छन् । ०७३ देखी ०७९ सम्म नेकपा एमाले तेह्रथुमको अध्यक्ष भएर पार्टीलाई हाँकेका तिवारी राजनीतिमा नेतृत्व क्षमता भएका, कुशल संगठन र चातुर्यपन भएका नेताका रुपमा चिनिन्छन् । ०७४ सालमा सम्पन्न निर्वाचनमा जिल्लाका ६ मध्ये पाँच स्थानीय तहमा एमालेका उम्मेदवार तिवारीकै नेतृत्वमा विजयी भएका थिए । त्यस्तै प्रदेशका दुई वटै र संघमा समेत एमालेका उम्मेदवार नै विजयी भएका थिए । पार्टीका उम्मेदवारलाई निर्वाचनमा विजयी गराउन तिवारीको महत्वपुर्ण भुमिका रहेको जिल्लाका पार्टी पङतीका नेता कार्यकर्ताहरुले अहिले पनि सम्झीरहेका छन् । प्रतिष्पर्धी अन्य राजनीतिक दलका नेता कार्याकर्ता संग समन्वयात्मक भुमिका खेलेर अगाडी वढ्न सक्ने खुवी भएका नेता तिवारी संग विकास र पर्यटन क्षेत्रको लामो अनुभव छ ।
पार्टीको नेतृत्व गरेर चुनावमा आफ्ना उम्मेदवारलाई जिल्लाका ६ मध्ये ५ वटा स्थानीय तहमा वहुमत सहित निर्वाचीत गराएपछि जिल्ला देखी केन्द्र सम्म नै पार्टी राजनीतिमा तिवारीको चर्चा चुलीएको थियो । तिवारीले सोही निर्वाचनमा पार्टीका उम्मेदवारलाई मात्र विजयी गराएनन्, आफु पनि प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पार्दै विजयी भए । प्रदेश सभा सदस्य निर्वाचीत भएपछि तिवारी छोटो समय उधोग पर्यटन वन तथा वाताबरण मन्त्री समेत नियुक्त भएका थिए । छोटै समय मन्त्री भएका बखत पनि तिवारीले पर्यटन क्षेत्रको माद्यम बाट देशलाई कसरी आर्थिक रुपमा बलीयो वनाउन सकिन्छ ? भनेर गुरुयोजना वनाएका थिए । प्रदेश सभा सदस्यको रुपमा संषदमा जनताका दैनिक जनजिविका देखी विकास निर्माण र सुशासनका पक्षमा तिवारीले निरन्तर आवाज उठाई रहे । बिषय वस्तुमा राम्रो ज्ञान राख्ने, स्पष्ट वक्ता र भाषण कलामा समेत राम्रो ज्ञान भएका तिवारीले संषदमा रहेका अन्य राजनीतिक दलका नेतालार्ई मिलाएर अघि वढ्न सक्ने नेताको रुपमा पहिचान वनाएका थिए ।
युवा अवस्था देखी नै पर्यटन क्षेत्रको विकास बाट नेपालमा आर्थिक क्रान्ती सम्भव छ भनेर अभियान चलाउदै आएका तिवारीले तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको संगम स्थल तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रलाई प्रचार प्रसार गरेर चिनाउने काम गरे । अहिले यो क्षेत्र नेपाल र भारत मात्र नभएर तेस्रो मुलुका नागरिकका लागि चर्चित पर्यटकीय गन्तव्यको रुपमा कहलीएको छ । तिवारीकै पहलमा टिएमजे क्षेत्रलाई नेपाल पर्यटन बोर्डले नेपालका प्रमुख १ सय पर्यटकीय गन्तव्य चुचीमा समेटेको छ ।
०४२ सालमा मैवाखोला माबि ढुङेसाघु ताप्लेजुङ बाट अनेरास्ववियु प्रारम्भीक कमिटिको उपाध्यक्ष भएर बामपन्थी राजनीतिमा होमीएका तिवारी ०४४ सालमा हातिसार क्याम्पस धरानको अनेरास्ववियु प्रारम्भीक कमिटीको उपसचिवमा निर्वाचीत भए । ०४८ सालमा आरआर क्याम्पस प्रर्दशनी मार्ग काठमाडौमा अनेरास्ववियु प्रारम्भीक कमिटि सदस्य भएर काम गरे । तिवारी संग ०५१ सालमा जिल्ला खेलकुद बिकास समिति तेह्रथुमको अध्यक्ष भएर जिल्लाको खेलकुद क्षेत्रको विकासमा काम गरेको अनुभव पनि छ । तिवारीले ०५४ देखी ०५९ साल सम्म जिविस सदस्य निर्वाचीत भएर जिल्लाको विकास निर्माणका कामको अगुवाई गरेका थिए ।
नेकपा एमालेको आठौ, नवौ र दसौ राष्ट्रिय महाधिवेशनमा तेह्रथुम जिल्ला बाट प्रतिनिधित्व गरेर केन्द्रीय राजनीतिमा जिल्ला पार्टीको उपस्थितीलाई सशक्त रुपमा देखाएका तिवारी संग जलविद्युत र बैंकिङ क्षेत्रको समेत अनुभव छ । तेह्रथुम जिल्लाको बिकास र समृद्धिको अगुवाई गर्ने नेताका रुपमा चिनिएका तिवारीले आफ्नो उम्मेदवारीले पार्टीलाई स्थानीय तह देखी प्रदेश हुदै केन्द्रीय राजनीतिमा समेत जोढ्ने वताए ।