धनकुटा, १४ गते । पर्यटक भित्राउन धनकुटा अाएकाे ईसिमाेड सहितकाे टाेलीलाई धनकुटा नगरपालिकामा भब्य स्वागत गरिएकाे छ ।
धनकुटा नगरपालिकाका नगरप्रमुख चिन्तन तामाङ्ग, उपप्रमुख भिमा खनाल, हुसाडेक नेपालका अध्यक्ष सराेज भुजेललगायतले
धनकुटा नगरका पर्यटकीय क्षेत्रहरूको पहिचान, अवलोकन र प्रचारप्रसारकालागि धनकुटा नगरपालिका अाईपुग्नु भएका १५ सदस्यीय
पर्यटनकर्मी तथा पर्यटन व्यवसायीहरूको टोलीलाई धनकुटामा सयपत्रि फुलकाे मालाले स्वागत गरेकाे हाे ।
उक्त पहिचानकालागि टाेिलमा धनकुटा नगरपालिका, हुसाडेक नेपाल, इसिमोड, कम्युनिटी होमस्टे नेटवर्क र स्मार्ट पानी रहेका छन् । उहाँहरूलाई अाठपहरीया राई काे चाड वाडाङ्गमिकाे अवसर पारेर पर्यटन प्रवर्द्धनका लागि धनकुटा ल्याइएको धनकुटा नगरपालिकाका नगर प्रमुख तामाङ्गले बताउनु भयाे ।
सवैले अा अाफ्नाे स्तरबाट धनकुटाकाे प्रचार प्रसार गरी अान्तरिक तथा बाह्य पर्यटक भित्राउन नगर प्रमुख तामाङले सबैमा अाग्रह गर्दै धनकुटा नगरमा पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले निरन्तर प्रयास गरिरहेको जानकारी दिनुभयाे ।
साेहि टाेलिका पर्यटनकर्मी अनु लामाले पर्यटकीय हिसाबले धनकुटा महत्वपूर्ण क्षेत्र र धेरै कुराकाे सम्भावना हाेमस्टे, जलाधार क्षेत्र, अाठपहरीयाकाे जन्मथलाेका रूपमा रहेकाे धनकुटा नगरमा अाठपहरीया जातिकाे भेषभुसा, संस्कृति अन्य जिल्लामा नभएकाेले यहाँको पर्यटन प्रवर्द्धनमा अाठपहरीयाकाे पनि महत्वपुर्ण भुमिका रहने भन्दै सम्भावना देखिएकाले धनकुटा नगरमा अाईपुगेकाे बताउनु भयाे ।
उक्त टाेलिमा देशका विभिन्न क्षेत्रमा रहेर पर्यटन प्रवर्द्धनको काम गर्दै आएका लेखक, भ्लगर, ट्राभल एजेन्सीकर्मी, टुरिस्ट गाइड समेत सहभागि रहनुभएकाे छ ।
पाँच दिनसम्म धनकुटामा रहने उ
उहाँहरू पाँचदिनसम्म धनकुटामा रहने तालिकामा उल्लेख छ । साे अवसरमा यहाँका पर्यटकीय क्षेत्रहरू, होमस्टे व्यवसाय, आठपहरिया जातिको संस्कृति, पानीकाे मुहान, सम्भावनालगायतकाे अवलोकन गरि प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमा महत्वपुर्ण भुमिका खेल्ने लामाकाे भनाई छ ।
धनकुटामा पर्यटक भित्रदा नगरमा चाैतर्फी विकास हुने भन्दै हाेमस्टे सञ्चालकमा खुसि छाएकाे छ । बुधबार स्वागत पश्चात, विभिन्न जातजातीकाे संस्कृति रहनशहन झल्कने प्रदेश संग्रहालय, महेन्द्र पार्क, सरस्वती पार्क, कुवा, नमस्ते झरना लगायतकाे अध्ययन अवलाेकन गरेकाे र विहिबार ध्वजे डाडा, चुम्लुङ्ग पार्कलगायतका पर्यटकीय क्षेत्रमा अवलाेकन गरिने हुसाडेक नेपालका अध्यक्ष सराेज भुजेलले जानकारी दिनुभयाे ।