प्रकाश पाक्साँवा
तेह्रथुम ३२ जेठ
धनकुटा जिल्लाको साँगुरिगढी गाउँपालिकाको भेडेटार भिलेज रिर्सोट,नाम्जे थुक्कीमा नेपाली साहित्य कला गोष्ठि तथा साँगुरिगढी गाउँपालिका कविता महोत्सव २०८१ साथै साँगुरिगढी गाउँपालिका स्तरीय कविता प्रतियोगिताको तयारी पुरा भएको छ । ‘भाषा,कला,संस्कृती र नेपाली साहित्यको अभीयान,समृद्धिसँगै सभ्य समाज निमार्ण हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ यही असार १ गते हुने कविता महोत्सव तथा साहित्य कला गोष्ठिको तयारी पुरा भएको आयोजकले जनाएको छ । महोत्सव तथा गोष्ठि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति भुपाल राईको प्रमुख आतिथ्यता र प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी लगायतको विशेष उपस्थितिमा हुने भएको हो ।
कविता महोत्सवमा मनु मञ्जिल,देवान किराँती,मुकुन्द्र प्रयास,प्रकाश थाम्सुहाङ,सुन्दर कुरुप,सिमा आभास,प्रदिप मेन्याङबो,हेमन यात्री,केजी सुब्बा,रावत,चन्द्रबिर तुम्बापो,जनकऋषी राई,राज माङलाक,बिराट किराँती,गगन योगपाङदेन,रोशन परियार,जीवन आरोही,याक्थुङबा कान्छा,जेबी निखुन्त,दिवा चेम्जोङ,रेजिना आपागाई, चन्द्रा चाम्लिङ लगायतका कविहरुले कविता वाचन गर्नु हुने भएको छ ।
इनामे सेवा समाज साँगुरिगढी ३ धनकुटाले आयोजना गरेको कविता महोत्सव तथा साहित्य कला गोष्ठिलाइ साँगुरिगढी गाउँपालिकाको आर्थीक सहयोग र होटल कोशी प्यालेस प्रा.लि. बेलका नगरपालिका ८ चतरा कोशीपुलको प्रायोजक रहेको समाजका प्रवक्ता अमित सुब्बाले बताउनु भयो ।
कविता महोत्सवको अवसरमा गाउँपालिका स्तरीय कविता प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको लागि समाजले उत्कृष्ट १० जनालाई छनौट गरेको छ । प्रतियोगितामा सौगात बेनाम,अनुष्का परियार,सुयेन्ना लिम्बू,नारायण दाहाल,प्रमिला मुकारूङ्ग,कृष्ण सुनाम,छत्र याखा,अशोक किरात,नवीन कुमार संयोक र धनिस्कार याखा छनौट भएको समाजका अध्यक्ष अरुण देवानले बताउनु भयो ।
प्रतियोगिताको लागि १ सय ७ जनाबाट कविता प्राप्त भएको थियो । कविता प्रतियोगितामा प्रथम पुरस्कार नगद १५ हजार राखिएको छ । दोस्रो पुरस्कार नगद १० हजार, तेस्रो पुरस्कार नगद ५ हजार साथै ७ जनालाई १÷१ हजार सान्त्वना पुरस्कार प्राप्त गर्ने भएका छन ।