तेह्रथुम ७ असोज
नेकपा एमाले कोशि प्रदेश कमिटीको सदस्य पदमा धर्मराज खुलालले उम्मेदवारी घोषणा गर्नु भएको छ । आगामी असोज १२ र १३ हुने प्रथम अधिवेशनमा खुलालले सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो ।
छथर गाउँपालिकावाट प्रतिनिधि छनौट हुनु भएका धर्मराज खुलालले प्रदेश कमिटीको सदस्य पदको उम्मेदवारी घोषणा गर्नु भएको उपसचिव राजन नेपाली जानकारी गराउनु भयो । पार्टिमा लामो समय देखि पार्टीको विभिन्न जिम्मेवारी समाल्दै आउनु भएका खुलाल हाल पालिका कमिटीको अध्यक्ष पद सम्हाल्दै आउनु भएको छ । पार्टी अत्यन्तै संकटमा परेको समयमा समेत पार्टीको जिम्मेवारी समाल्दै आउनु भएका खुलाल पार्टी भित्र एक कुसल संगठनका रुपमा समेत परिचित हुनु हुन्छ खुलालका अनुसार जिल्लावाट समेत आफुले सहजै समर्थन प्राप्त गर्ने दावि रहेको छ । उहाँलाई प्रदेश सदस्य बनाउन पार्टी कमिटीको तर्फबाट समेत विशेष पहल गर्ने निर्णय समेत भएको नेकपा एमाले छथर गाउँपालिका कमिटीले जनाएको छ ।