धामीझाँक्रीहरुमा ईतिहास अनुसार प्रकृतीमा रहेको ईश्वरीय शक्ती

0

प्रकाश पाक्साँवा
तेह्रथुम २२ भदौ

धेरै पुरानो र परम्परा सस्कृति लाई चिनाउने १ मात्रै धर्म हो जुन धामीझाक्री वा तन्त्रमन्त्र गर्ने विश्वको पहिलो धर्मको रूपमा मनिन्छ। धामीले बिरामीहरूको उपचार साथै लागेको रोगहरू लाई पनि प्राकृतिक जडीबुटीबाट उपचार गरिने बिधिले गर्दा आज विश्वमा चिकित्सक र स्वास्थ उपचार केन्द्रहरु येसैको फल–सरुप मनिन्छ। यसलाई मोडन युग पनि भनिन्छ। तर धामी, झाक्रीको मूल आधारहरु जमिन, हावा, पानी, आगो, मौसम, बन जंगल, आफ्नु पितृ, र आत्मा को पुजा आज गर्ने बिधि हो । तर पछिल्लो समय यो परम्परा लोप हुदै गएको छ ।

तन्त्रमन्त्र र जडिबुटिको माध्यमबाट मानव उपचार गर्ने तथा प्रकृतीलाई पुज्ने कार्यको सस्कृती प्राचिनकाल देखी नै सुरु भएको सभ्यता हो । जस्को अगुवाई धामी झाँझी तथा फेदाङमाहरुले गर्दै आएका थिए । मानवलाई आस्था र धर्ममा जोड्ने कार्यको सुरुवात गरेका धामी झाँक्री तथा फेदाङमाहरु लोप हुदै गएका छन् । धामी झाँक्री रुढिबादीको उपज नभएर समुदायको सस्कृती भएको र यसलाई लोप हुन नदिनका लागी तेह्रथुमको छथर सुक्रबारेमा धामी झाँक्रीको सम्मान गर्दै आएको रत्नदेवी युवा सेवा समाजका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो । धामीझाँक्री संरक्षणका लागि हरेक बर्षको भदौ पुर्णिमाको अवशरमा टाढाटाढाबाट आउनेलाई प्रोत्साहनका लागि सम्मान गर्ने गरिएको रत्नदेवी सेवा समाजका सदस्य तथा धामीझाँक्री सम्मान संयोजक नगेन्द्र भण्डारीले बताउनुभयो।

भदौ पुर्णिमाको दिनलाई धामी झाँक्री तथा मन्त्रधारीहरुले गुरु पूर्णिमाको रुपमा मान्दै आएका छन् । जिल्लाको बिभिन्न स्थान साथै छिमेकी जिल्लाबाट समेत आएका धामीझाक्रीहरु अघिल्लो दिन स्थानीय मार्ग पोखरीमा एक रात जग्राम वस्ने र बिद्याआर्जन गरि पुर्णिमाको दिन पुजाआजा गर्दै मावन जातीको शान्तिका लागी ढ्याङग्रो तथा घण्टी बजाउदै बजार परिक्रमा गर्ने गरेको संस्कृतीविद दिल पाक्साँवाले बताउनु भयो ।

बिभिन्न जातजातीको भाषा,कला,सस्कार,संस्कृती र सभ्यतालाई जगेर्णा गर्नु स्थानीय सरकारको दाहित्व हो । स्थानीय मौलिक संस्कृतीलाई संरक्षण गरि समाजलाई पनि परिस्कृत गर्दै लाने छथर गाउपालिका अध्यक्ष सन्तविर लिम्बुले बताउनुभयो । मौलीक ईतिहास अनुसार प्रकृतीमा रहेको ईश्वरीय शक्तीको पहीचान गरी विभीन्न संस्कारको विकास गर्दै मानव जगतको हितका लागि प्रकृतीमा रहेको ईश्वरीय शक्ती लाई आफ्नो शरीरमा धारण गर्दै जन्म,विवाह र मृत्यु जस्ता सस्कार संचालन गर्ने गरेका धामी झाँक्रीको पुस्तान्तरण हुन छाडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed