प्रकाश पाक्साँवा
तेह्रथुम १३ पौष
छथर जोरपाटी गाउँपालिका ६ सिधुवा धनकुटामा आयोजित खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधी ताक्लुङ एफसी तेह्रथुमले विजयी बनेको छ । बिहीबार सम्पन्न फाईनल खेलमा मर्निङ एफसी धनकुटालाई ० को विरुद्ध १ गोल गर्दै ताक्लुङ विजयी बनेको हो । प्रतियोगिताको विजयी बनेको ताक्लुङले नगद ५१ हजार ५ रुपैया साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै उपविजेता बनेको मर्निङले ३१ हजार ५ रुपैयाँ का साथ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । फाईनल खेलमा ताक्लुङका उमेश मुर्मु म्यान अफ द म्याच भएका थिए । विजेता र उपविजेताहरुलाई छथर जोरपाटी गाउँपालिका उपाध्यक्ष गिता गुरुङ खेवा,प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले पुरस्कार वितरण गर्नु भएका पूर्व राष्ट्रिय खेलाडी तथा फुटबल प्रशिक्षक लक्ष्मी नारायण श्रेष्ठले जानकारी दिनु भयो ।
स्पोटिङ सिधुवाको आयोजना तथा जिल्ला फुटबल संघ धनकुटाको प्राविधिक सहयोग र सिंहदेवी युथ क्लब सिधुवाको मुख्य सहयोगमा आयोजित प्रतियोगितामा विभीन्न जिल्लाका १६ टिमको सहभागीता रहेको खेल संयोजक निमसाङे शेर्पाले बताउनु भयो । पौष ६ गतेदेखी सुरु भएको प्रतियोगिता बिहीबार सम्पन्न भएको छ ।