सन्तवीर लिम्बु ( सन्तोष तिगेला )
अध्यक्ष छथर गाउपालिका तेह्रथुम
१, विषय प्रवेशः
नेपाल गाउँ नै गाउँले भरिएको देश हो । गाउँहरु आधारभूत आवश्यकताबाट दुरीको हिसावले टाढा मात्रै हैन गरिबी, अभाव, बेरोजगारी, अशिक्षा, रोग, शोक र भोकका समस्याहरुले गाउँहरु थलिएका हुन्छन । गाउँमा शहरहरुको तुलनामा राम्रो विद्यालयहरुको कमी छ । उच्च शिक्षा अध्ययनको लागि गुणस्तरीय शिक्षालयहरुको स्वभाविक रुपमा कमी छ । स्वास्थ्य उपचारको भरपर्दो सुविधा,बाटोघाटो, खानेपानी र रोजगारीको अभाव छदैछ । राजनीतिक अस्थिरता, दलीय टकराव, असमझदारी, गाउ बाट शहर तथा बैदेशिक रोजगारीमा युवा पलायन जस्ता समस्याहरु ग्रामिण भेगका स्थानिय तहहरुको विकासमा बाधक छन । गाउमा कुटो, कोदालो, हलो, जुवा, भारी,गोठालो, खेतलो र भकारो आदी यहाको दैनिकी हो । बौद्घिक पलायन पनि उतिकै छ । बेरोजगारी, अभाव, निराशा र अवसरको कमीले युवाहरु अलमलिने र गाउँहरु बूढाबूढी र केटाकेटीका बस्तीका रुपमा रुपान्तरीत हुदैछन । प्राकृतिक सौन्दर्यले गाउँसँग जोडिएको गाउमा खोलानाला, छहरा, पहरा, वनपाखा, हिमाल, भञ्ज्याङ, तालतलैया आदिले हाम्रा गाउँहरु सुन्दर छन्। मनमोहक उतिकै छन विभिन्न जात जाती भाषा भाषी वर्ग समुदायसग जोडीएको आर्थिक सामाजिक सास्कृतिक तथा ऐतिहासिक पक्षहरु उतिकै गाउभरी छरीएर सजिएको छ । गाउँहरुमा उपलब्ध हुन सक्ने जमिन, जल, जडीबुटी, जंगल र जवानीको उपयोग र पर्यटनको विकास नै गाउँ विकासको मुहान हुन्। यी उपलब्ध प्राकृतिक सम्पदाहरुलाई सदुपयोग गर्दै गरिबी, अशिक्षा, अभाव, पछौटेपनले सताइएका ग्रामिण बस्तीहरुमा यातायात, बिजुली, खानेपानी, सञ्चारजस्ता आधारभूत आवश्यकताहरुको लागि योजनाबद्घ काम गर्न दिगो विकास लक्ष्यमा आधारीत रही नेपाल सरकारले अघि सारेको सुखि नेपाली समृद्ध नेपालको लक्ष्यलाई पुरा गर्न ग्रामिण क्षेत्रको स्थानिय तहहरुको प्रयास जारी छ । जुन प्रयासका कारण गाउ गाउमा विकास र सरकारको अनुभुती ग्रामिण क्षेत्रका नागरीकहरुले पनि गर्न थालेका छन ।
२, छथर गाउपालिकाको संक्षिप्त परिचय ः
देशको संघीय शासन प्रणाली अनुरुप १ नं. प्रदेश अन्तर्गत मध्य पहाडी भागमा अवस्थित तेह्रथुम जिल्लाका ६ वटा स्थानीय तहहरु मध्येको एक स्थानीय तहको रुपमा रहेको छथर गाउँपालिका कुल १३३ वर्गकिलोमिटरमा फैलिएको छ । साविकका आङ्दिम, हमरजुङ, फाक्चामारा, पञ्चकन्या, ओख्रे र सुदाप गरी ६ वटा गा.वि.स.हरु मिलेर बनेको यो गाउँपालिकामा ६ वटा वडा र कुल १६७२५ जनसंख्या रहेको छ । यसको भौगोलिक अबस्थिति समुद्री सतहबाट उचाई ३२२ मी. देखि २५५० मी. र गाउँपालिकाको केन्द्र २७००३ु३१ू उत्तरी अक्षांस र ८७०२७ु०१ू पूर्वी देशान्तर रहेको छ भने यस गाउँपालिकाको पूर्वमा तमोर नदि तथा पाँचथर जिल्ला, पश्चिममा धनकुटा जिल्ला, उत्तरमा लालिगुराँस न.पा. तथा म्याङ्लुङ्ग न.पा. र दक्षिणमा धनकुटा जिल्ला पर्दछ ।
२.१ ऐतिहासिक पृष्ठभूमी तथा नामाकरण ः
प्रदेश नं. १ को सानो जिल्लाको रुपमा भौगोलिक हिसावले विकट मानिने तेह्रथुम जिल्लाको एक स्थानीय तहको रुपमा रहेको छथर गाउँपालिका प्राकृतिक रुपमा निकै सुन्दर तथा ऐतिहासिक हिसावले निकै महत्वपूर्ण मानिन्छ । पुर्वी नेपालको १७ थुमहरु मध्ये एक थुमको रुपमा चिनिने छथर थुमको नामाकरणका सम्बन्धमा थुप्रै किम्वदन्ती हरु रहेका छन् । लिम्बुवान दस्तावेजहरुका अनुसार ‘छथर’ शव्द ‘थङथरु’शब्दबाट अपभ्रंश भई आएको पाइन्छ । यस शब्दको अर्थ ‘लडाई थामियो’ भन्ने हुुन्छ । दस्तावेजहरुका अनुसार वि.सं. १८६७ बाट ‘छथर’ भन्न थालियो । त्यस ताका छथर क्षेत्रमा खेवाहाङ्ग लिम्बुहरु शक्तिसाली मानिन्थे र विभिन्न यक (गढी) हरुमा युुद्ध लड्ने गर्दथे । पछि तिनै छथरे खेवाहरुले आफ्नो नामबाट छथर क्षेत्रको नामाकरण गरेको कुरा इतिहासमा उल्लेख गरेको पाईन्छ ।
२.४ सामाजिक साँस्कृतिक अवस्था ः
प्राकृतिक सुन्दरताको हिसावले छथर गाउँपालिका भित्र रहेका विभिन्न प्राचिन गढिहरु जस्तै ताक्लुङ गढि, चाङसिङ्ग गढि, पञ्चकन्या गढि तथा चाङलुङ गुफा, तुरुङफुक्कु ओडार, नागा ओडार जस्ता ऐतिहासिक महत्व बोकेका गुफाहरु महत्वपूर्ण रहेका छन् ऐतिहासिक रुपमा प्राचिन लिम्बुवानको महत्व बोकेको यो क्षेत्रमा बहुसंख्यक लिम्बुहरुको बसोवास रहेको छ भने ब्राम्हण, क्षेत्री, शेर्पा, गुरुङ, मगर, सुनुवार, कामी, दमाई, सार्की लगायतका जातजातीहरुको बसोवास रहेको छ । धार्मिक परम्परा अनुसार दशैँ, तिहार, माघेसक्रान्ती, साउने सक्रान्ती, रामनवम, उधौली उवौली, बैशाख पुर्णिमा, गुरु पुर्णिमा, फागुपुर्णिमा, चासोक, ल्होसार जस्ता पर्वहरु धुमधाम मनाउनुका सार्थ यि पर्वहरुमा विभिन्न ठाउँहरुमा मेला लाग्ने समेत गरेको छ । आर्थिक हिसावले मध्यम स्तरका मानिसहरु बसोवास गर्ने यहाँ बहुसंख्यक बासिन्दाहरुको मुख्य पेशाको रुपमा कृषि तथा पशुपालन नै रहेको छ ।
३.स्थानीय तहको गठन र राजनितिक उपस्थीति ः
स्थानीय तहको निर्वाचन २०७४ मा यस गाउँपालिकामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित कुल ३३ जना गाउँसभा सदस्य पदका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेश, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रि«य प्रजातन्त्र पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माले),राष्ट्रि«य जनमोर्चा, संघीय लोकतान्त्रीक राष्ट्रि«य मञ्च र नयाँ शक्ति पार्टी नेपाल गरी ८ वटा राजनैतिक दल तथा ५ जना स्वतन्त्र उमेदवारहरु सहभागी भएका थिए । जस्मा नेकपा एमाले गाउपालिकाको अध्यक्ष,उपाध्यक्ष सहित ६ वटा वडा मध्ये ४ वटा वडामा सबै सेट निर्वाचित भई कार्य सम्पादन गरीरहेको अवस्था छ ।
४. स्थानिय तहको निर्वाचन पुर्व र अहिलेको गाउपालिकाको सामान्य परिवेष तथा गरीएका प्रयासहरु ः
४.१ खानेपानीको हाहाकार दैनिकी चलाउन पिउनेपानी पैचो प्रचलन ( बोतल र गिलेनमा सापटी )
छथर गाउपालिकाको केही भुभागहरु तेह्रथुम जिल्लाको सुख्खा ग्रस्त क्षेत्रमा पर्दछन । तमोर नदिले छोएको भुभागहरु करीव १ दर्जन बढी वस्तीहरु सुख्खा ग्रस्त क्षेत्रमा रहेका छन । उक्त वस्तीहरुमा स्थानिय तहको निर्वाचन पुर्व तमोर बाट ३ घण्टा देखी ५ घण्टा लगाएर एक गाग्रो पानी बोकर मानिस लगायत वस्तुभाउ बचाउने अवस्था थियो । समाजिक कार्यहरु विवाह ब्रतबन्ध जस्ता कृयाकलापहरुमा भोज भतेर लाग्दा खाना खाएर झारपातले हात पुछेर हिड्नु पर्ने परिस्थीति थियो । खानेपानीको अभावले बर्षेनी बसाई सर्न स्थानिय बाध्य थिए । तर स्थानिय तहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधीहरुको पहलमा उक्त क्षेत्रमा पंञ्चायतकाल बाट अधुरो रहेको खानेपानी योजनाहरु पुरा गर्दे नया खानेपानीका श्रोतहरु पहिचान गरी योजना संचालन गरी घर घर मा खानेपानीको आपुर्ति भएको र खानेपानी अभाव क्षेत्रमा अहिले कोठेवारीमा हरीया सागपात तरकारी स्थानियवासीले फलाउन थालेका छन । बसाई सराई न्यून भएको छ बसाई सरी गएकाहरु गाउमा पुराना घरहरु मर्मत सम्भार गरी गाउमै मन फर्काउन थालेका छन ।
४ं.२ सडक र सवारी साधन अभावमा दिन भरी डोली वा स्टेचरमा विरामी बोकेर विरामीहरुको उद्धार ः
छथर गाउपालिका पुर्वको धरान धन्कुटा कोशि राजमार्ग सिधुवा बजार बाट ९ कि.मी. भित्र पर्दछ । स्थानिय निर्वाचन अघि कच्ची सडक ट्रयाक मात्र गाउपालिकाको केन्द्र शुक्रवारे बजार सम्म जोडिएकाले हिउदको समयमा मात्र सामान्य सवारी साधनहरु चल्न सक्ने र वर्षातका े समयमा कुनै पनी सवारी साधन संचालनमा आउन सक्दैन थिए । बर्खा याममा पैदल यात्रा गर्नु पर्ने र विरामीहरु समेत बोकेर ५ घण्टा देखि ९ घण्टा सम्म सवारी साधनको पहुंचमा पुर्याउनु पर्ने बाध्यता थियो । हाल कालोपत्रे सडक निर्माण कार्य सम्पन्न भएको छ ।
४.३ टोल टोलमा स्वास्थ्य केन्द्र स्थापना पालिका केन्द्रमा अस्पताल स्थापना ।
आधारधुत स्वास्थ्य सेवा पाउनु हरेक नागरीहरुको हक हो । तर ग्रामिण क्षेत्रका नागरीहरुले वर्ष भरीमा एक पटक पनि स्वास्थ्य चौकी पुग्न पाएका हुदैनन् । गाउघरमा अझै धामी झाक्री प्रतिको विश्वास कायमै छ । तसर्थ घरघरमा हरेक नागरीकहरुमा स्वास्थ्य सेवाको पहुंच विस्तार गर्न गाउपालिकाले ऐन र नियमावली तयार गरी टोलहरुको पायक पर्ने स्थानमा ५ वटा स्वास्थ्य कर्मीहरु सहित सामुदायिक स्वास्थ्य ईकाई केन्द्र स्थापना गरी सेवा प्रवाह भएको छ भने गाउपालिकाको केन्द्रमा अस्पताल संचालन सम्वन्धी ऐन जारी गरी १५ शैयाको पालिका अस्पतालको रुपमा संचालनमा ल्याई आवस्यक जनशक्तिहरुको समेत प्रवन्ध मिलाई सेवा प्रवाह भई रहेको र नेपाल सरकारको कार्यक्रम अन्तर्गत अस्पताल भवन निर्माण कार्य अन्तिम चरणमा छ र सबै वडा केन्द्रहरुमा स्वास्थ्य चौकी पक्की भवन निर्माण कार्य सम्पन्न चरणमा पुरा भएको अवस्था छ ।
४.४ बसाई सरी आउने नागरीहरुलाई १ लाख देखि ५ लाख सम्म ब्यावसायिक अनुदानः
ग्रामिण क्षेत्र देखि तराई वा सहर बसाई सर्ने कार्य तिब्र रुपमा बढी रहेको स्थीति छ । विगत १ दशक को वसाई सराईको तत्थ्यांक अध्ययन गरेर आगामी २ दशक सम्मको स्थिती अध्ययन गर्दा अधिकांश ग्रामिण वस्तीहरु रितिने अवस्थालाई मध्यनजर गरी सांकेतिक प्रयास स्वरुप गाउसभा बाट निति तथा कार्यक्रम मार्फत बसाई सरी आउने नागरीहरुलाई ब्यावसायिक अनुदान कार्यक्रम लागू गरीएको छ ।
हालसम्म जम्मा ३३ घरधुरी बसाई सरी आई ब्यवसायिक अनुदान लिई सकेको र बसाई सरी आउने क्रम जारी रहेको छ ।
४.५ एक टोल एक विकास निर्माण, एक टोल एक उत्पादन कार्यक्रम ।
छथर गाउँपालिकामा स्थानीय सरकारको गठन भएपछि विकासका आयामहरुलाई जनस्तरसम्म पु¥याउन स्थानीय सरकारले विभिन्न पहल कदमी गर्दै आएको छ । पालिकामा ११७ वटा टोल विकास संस्थाहरु गठन गरी स्थानीयबासीहरुलाई प्रत्यक्ष रुपमा टोल विकास संस्था तथा विभिन्न संघ सस्थाहरु मार्फत सहभागी गराई क्रियाकलाप सञ्चालन गर्दै आएको छ । स्थानीय तहको समग्र विकासका लागि पालिकाले हरेक आर्थिक वर्षका बजेट परिचालन गर्दा एक टोल एक विकास निर्माणको सिलिंग अख्तियार गरी कार्यन्वयन भई रहेको र मुख्यतयाः धान, मकै, आलु, कोदो लगायतका बालीहरु, सुन्तला, कागती, जुनार जस्ता फलफूलहरु र अलैंची, अदुवा, अम्लिसो जस्ता नगदे बालीहरु उत्पादन हुने भएकाले कृषि उत्पादन लाई थप ब्यवस्थित बनाउन एःब्ःएकार्यक्रमपकेट तथा ब्लकलागु गरी व्यवसायिक कृषि प्रवद्र्धनमा जोड दिईएको छ ।
४.६ जनप्रतिनिधी कर्मचारी र शिक्षकका वालवालिका अनिवार्य सामुदायिक विद्यालयमा पठनपाठनः
पछिल्लो समय नेपाली समाजमा अंग्रेजी मोह बढी रहेको र विस्तारै सामुदायिक विद्यालयहरुमा विद्यार्थी रितो हुने अवस्था सिर्जना हुदै गएको र गाउगाउमा निजि विद्यालयहरुको विस्तारले शैक्षिक असमानता सिर्जना गर्दे लगेको अवस्थालाई ख्याल गर्दे गाउपालिकाले नितिगत निर्णय गरी जनप्रतिनिधी कर्मचारी र शिक्षकका वालवालिका अनिवार्य सामुदायिक विद्यालयमा पठनपाठन गराएको कारण सामुदायिक विद्याय प्रतिको विश्वास बढ्नुको साथै शैक्षिक गुणस्तरमा समेत सुधार भएको अवस्था छ ।
४.७ हरेक माध्यमिक विद्यालयमा कम्फ्यूटर शिक्षा हरेक आधारभुत विद्यालयमा टि.भि कार्यक्रमः
गाउपालिकोको शिक्षा ऐन जारी गरी आवस्यक नितिगत निर्णय समेत गरेर गाउपालिकामा रहेका ९ वटा माध्यमिक विद्यालयहरुमा कम्फ्यूटर शिक्षकको प्रवन्ध गरी अनिवार्य कम्फ्यूटर शिक्षा लागू भएको र सबै माविहरुमा ल्याव, पुस्तकालय, ईन्टरनेट, ई हाजिरी, जस्ता कार्य अनिवार्य ब्यावस्थापन भएको र हरेक आधारभुत विद्यालयहरुको वालकक्षा तथा कक्षा १ का लागी टि.भि उपलब्ध गराई टि.भि मार्फत पठन पाठन गराउने कार्य प्रारम्भ भएको छ । कक्षा १२ मा अनिवार्य लघुउद्यम तालिम संचालन, विद्यालय वाहिर रहेका अपांग, सुस्त मनस्थीतिका वालवालिका, गरीव, असहाय वालवालिकाहरुलाई शिक्षा क्षेत्रमा गाउपालिकाले अभिभावकत्व ग्रहण ।
४.८ ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य उपचार तथा गाउँपालिका साथी लौरौ उपहार कार्यक्रमः
छथर गाउँपालिका अन्र्तगत बसोवास गर्ने ६० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरुलाई गाउँसभा बाट छथर स्वास्थ्य जागरण अन्र्तगत विनियोजित वजेट वाट जेष्ठ नागरीहरुलाई घर घरमा स्वास्थ्य कर्मी पुगी औषधी उपचार गर्ने कार्यक्रम लागु भएको तथा उपहार स्वरुप लौरो वितरण सहित घरमै स्वास्थ्यकर्मी र जनप्रतिनिधी गएर प्रदान गर्ने कार्य गरिएको छ ।
४.९ दिर्घ रोगीहरुलाई निशुल्क स्वास्थ्य विमा र नियमित उपचार खर्च वितरण ः
नेपाल सरकारले तोकेको दिर्घ रोग भएका गाउपालिका वासी दिर्घ रोगीहरुको हरेक वर्ष निशुल्क गाउपालिकाको तर्फ बाट स्वास्थ्य विमा गरिएको र वार्षिक ५ हजार देखि २५ हजार सम्म नियमित औषधी उपचार खर्च विलको आधारमा उपचार सहयोग प्रदान गरीएको छ ।
४.१० सामाजिक कार्यहरुमा निःशुल्क ट्यांकर मार्फत खानेपानी सेवा ः
गाउपालिकाको निर्णय अनुसार पालिका क्षेत्र भित्र सामाजिक कार्यहरु विवाह ब्रतवन्ध पास्नी लगायतका सामाजिक सास्कृतिक लगायत मेला पर्वहरुहरुमा खानेपानीको आपुर्तिका लागी गाउपालिकाले निःशुल्क ट्यांकर मार्फत खानेपानी आपुर्ति गरी सेवा प्रदान गरीरहेको छ ।
४.११ गर्भवती र सुत्केरी महिलालाई आयोडिन युक्त नुन उपहार कार्यक्रमः
अन्र्तगत गर्भवती आमा र बच्चा दुबैलाई आयोडिन युक्त नुनको आवश्यकता अनिवार्य रहेको हुँदा प्रोटोकल अनुसार स्वास्थ्य संस्थामा नै सुत्केरी जाँच गराउँदा र स्वास्थ्य संस्थामा प्रशुती सेवा लिएको अवस्थामा आयोडिनयुक्त नुन उपहार दिइरहेको अवस्था छ । यस कार्यक्रममा थोरै लगानीले गर्दा पनि निकै नै राम्रो प्रतिफल दिएको पाईएको छ ।
४.१२ गाउँपालिका दन्त उपहार कार्यक्रमः
छथर गा.पा. क्षेत्रमा बसोवास गर्ने दाँतको समस्या भएका नागरिकहरुलाई निःशुल्क दन्त शिविर शुक्रबारे वजारमा सञ्चालन गरि निशुल्क रुपमा दाँत उपहार कार्यक्रम सञ्चालन गरिएको छ । यो कार्याक्रम गाउँपालिकामा जनप्रतिनिधी निर्वाचित भएपछि पहिलो पटक सञ्चालन गरिएकोमा हाल १ नंं प्रदेश सामाजिक विकास मन्त्रालयले अन्य पालिकामा समेत बजेट व्यवस्थापन गरी सञ्चालनमा ल्याएको छ ।
४.१३ शुन्य असुरक्षित गर्भपतन गाउँपालिका घोषणाः
ऐतिहासिक रुपमा नेपालका ७५३ स्थानीय तहहरु मध्ये पहिलो स्थानीय तहको रुपमा यस छथर गाउँपालिकाकालाई यस आ.व. ०७६÷०७७ मा शुन्य असुरक्षित गर्भपतन गाउँपालिका घोषणा गरिएको छ र सो कार्यलाई आगामी दिनमा दिगोपना राख्नको लागी सम्पूर्ण सरोकारवाला, जनप्रतिनिधीहरुको संयुक्त प्रतिवद्घता साथ थप कार्यक्रम र क्रियाकलापलाई अगाडी बढाईएको छ ।
४.१४ पर्यटन प्रवद्र्धन ः
–यस गाउँपालिका भित्रका विभिन्न पर्यटकीय गन्तव्यहरु जस्तैः चाङ्लुङ्ख गुफा, मार्गा पोखरी, ताक्लुङ्ख गढी, हनुमान मन्दिर, थाक्चोलुङ्ख माङ्हिम आदिको पूर्वाधार निर्माण तथा प्रसारप्रसार, प्रबद्र्धन गर्ने कार्य गरिएको छ । आन्तरिक पर्यटन विकासको लागि छथर भ्यू पार्क, चिल्ड्रेन पार्क तथा सौरिनी पिकनिक स्पट निर्माण गरिएको छ । यस गाउँपालिका को सौरिनी भन्ने स्थानमा नेपालका हालसम्मका सबै प्रधानमन्त्रीहरु को विवरण खुल्ने गरिको शालिक निर्माण गरी ‘प्रधानमन्त्री पार्क’ निर्माण गर्नम्एच् तयार गर्ने काम शुरु भएको छ ।
४.१५ गाउपालिकाको केन्द्रको निलो एकै प्रकारको छानो कार्यक्रम तथा जनता आवास ।
गाउँपालिकाको केन्द्र शुक्रबारे वजारमा रहेका सबै घरहरुको छाना एकै प्रकारको रङ्ग लगाई द्यगिभ क्पथ ऋष्तथ निर्माण शुरु गरिएको छ जस्का कारण बजारको शौदर्य बढेको छ भने निर्वाचन सम्पन्न भएको पहिलो वर्ष बाटै जनता आवास कर्याक्रम लागु गरी गरीव नागरीकहरुलाई निलो जस्ता पाता अनुदान उपलब्ध गराई कार्यन्वयन भई रहेको र हाल नेपाल सरकारको कार्यक्रम समेत साझेदारी गराई संचालनमा ल्याईएको छ ।
४.१६ मापदण्डमा आधारित भौतिक पुर्वाधार निर्माण कार्य प्रारम्भः
छथर क्षेत्रमा भौतिक पूर्वाधार निर्माणमा मापदण्ड तयार गरि सोहि बमोजिम योजना सञ्चालन गर्ने अभ्यास गरिएको छ । उदाहरणका लागि सडक निर्माणमा मुख्य सडक, ग्रामिण सडक, कृषि सडक को छुट्टाछुट्टै मापदण्ड बनाइ सडकको क्षेत्र, गुणस्तर आदि निर्धारण गरी सोहि बमोजिम निर्माण गर्ने गरिएको छ । यस गा.पा. भित्र एक वडा एक ब्िि ध्भबतजभच च्यबम तथा एक वडा एक खेलमैदान निर्माण कार्यको सुरुवात भएको छ । त्यस्तै गरी गाउँपालिकाको केन्द्रमा स्तरीय खेलमैदान तथा कबर्डहल र गा.पा. चक्रपथ सडकको निर्माण कार्य प्रारभ गरिएको छ ।
४.१७ उच्च शिक्षा प्रवद्र्धनका लागी अक्षयकोष स्थापना ।
छथर क्याम्पस शुक्रवारे तेह्रथुम को व्यवस्थापनको लागि रु एक करोड राशीको‘गाउँपालिका अध्यक्ष अक्षयकोष’ स्थापना गरि सञ्चालनमा रहेको छ ।
४.१८ उज्यालो छथर कार्यक्रम
अन्तर्गत यस गा.पा.मा विद्युतीय सेवा लिन असमर्थ घर परिवारहरुलाई निःशुल्क रुपमा कालोतार, मिटरबक्स÷सोलार प्यानल वितरण गरी कुनै पनि घर परिवार अँध्यारोमा बस्नु नपर्ने व्यवस्थाका लागि सञ्चालन गरिएको छ ।
४.१९ कोभिडको समयमा पालिकाको पहल र नागरीकको लागी पालिकाको तर्फबाट सेवा ः
– आईसोलेसन बेड,क्वारेन्टाईन केन्द्र स्थापना र निशुल्क खाना तथा वासको सेवा ।
– पालिका वाहिर रहेका नागरीकहरुलााई निशुल्क उद्धार सेवा ।
– निःशुल्क एम्बुलेन्स सेवा ।
– खानेपानी तथा खाद्यन्नहरु टोलटोलमा निःशुल्क ढुवानी सेवा ।
– चोटपटक तथा सिकिस्त विरामीहरुलाई घरै बाट निःशुल्लक उद्धार तथा सेवा ।
– होम आईसोलेसनमा रहेका कोभिडका विरामीहरुलाई स्वास्थ्य कर्मीहरुबाट टेलिफोन परामर्ष सहित निःशुल्क औषधी सेवा ।
– कोभिडका कारण निधन भएका नागरीकहरुको पालिकाको तर्फ बाट निःशुल्क दाहसंस्कारका लागी सामग्री तथा जनशतिm सेवा ।
५. स्थानिय तहहरुको साझा सवालहरुः
५.१ जनताको नजिकको सरकार सबै सरकारहरुको प्रतिनिधीको रुपमा दैनिक जनतासंग भलाकुसारीमा रहने सगैको सरकार भएकाले सिमित श्रोत साधन का कारण जनताको असिमित माग र चाहाना र भुगोलको आवस्यकताहरुलाई सम्बोधन गर्नमा सकस ।
५.२ दक्ष जनशक्तिको अभाव र भएका जनशतिmहरुको क्षमता विकास भई नसकेकाले नितिगत तथा अवधारणागत कार्यहरु सम्पादनमा समस्या ।
५.३ संघिय सरकार र प्रदेश सरकार द्धारा निति निर्माणको सुस्तताले संबैधानिक क्षेत्राधिकार प्रयोगमा अड्चन ।
५.४ परम्परागत सरकारी प्रवृद्धीमा सुधार नभई पुरानै संरचनाका शैलिहरु कृयाकलापहरुमा देखापर्नु ।
५.५ कोभिड १९ को भार र असर खास गरी स्थानिय तहलाई परी सामना ।
५.६ पछील्लो समयमा देखा परेको राजनैतिक अस्थीतरता ।
निश्कर्ष ः नेपालको संविधान कार्यान्वयनको महत्वपुर्ण चरण र नयाँ युगको थालनीको रुपमा स्थानीय तहको निर्वाचन सम्पन्न भई संघियता, समृद्धि र समाजवादको आधारशिला निर्माणमा ऐतिहासिक योगदान पुगेको छ । लोकतन्त्र र संघियतालाई स्थानिय ग्रामिण समुदायका नागरीकहरुले नै आफ्नो सहभागीतामा संस्थागत गर्दे लगी रहेको अवस्था छ । स्थानिय स्तर देखि नै राजनैतिक नेतृत्वको अभ्यास र विकास गर्दे समावेसी समानुपातिक प्रतिनिधित्वलाई थप शसक्त पार्दे लगेको छ । स्थानिय ग्रमिण परिवेषको स्रोत साधन शिपको परिचालन गर्नु र समृद्ध नेपाल सुखी नेपाली को राष्टिय आकांक्षालाई आत्मासाथ गरी कार्यन्वयनमा योगदान पुर्याउदै विकास र समृद्धीको जग बसाल्ने एक अध्यायको प्रारम्भको रुपमा कार्य हुनुका साथै नागरीकले आफ्नै सरकारको रुपमा आज अनुभुत गर्न पाउनु ऐतिहासिक उपलब्धी हो ।