तेह्रथुम उद्योग बाणिज्य संघको साधारणसभामा अध्यक्ष ढुंगाना द्धारा १ लाख १ हजार १ सय ११ बराबरको अक्षयकोष स्थापना ।

तेह्रथुम,
उद्योग बाणिज्य संघ तेह्रथुमको २० औ बार्षिक साधारणसभा सनिवार सम्पन्न भएको छ । तेह्रथुमको सदरमुकाम म्याङलुङ स्थित आफ्नै कार्यालयको हलमा आयोजित साधारणसभाले बिभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो । सभारणभाको अवशरमा उद्योग बाणिज्य संघ तेह्रथुमका अध्यक्ष राजिव ढुंगानाले आफ्नो स्वर्गिय वुवा सुर्य नारायण ढुंगानाको स्मृतीमा १ लाख १ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गर्नुभएको छ ।

कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले राजनितीका कारण बाणिज्य संघको लामो समयसम्मको विवादले संस्थागत नोक्सानी बेहोर्नु परेको भनाई राखेका थिए । कार्यक्रमको उद्ध्घाटन सत्रमा नेपाल पत्रकार महासंघ तेह्रथुमका उपाध्यक्ष टिआर सेनेहाङ,नेपाल रेडक्रस सोसाईटीका सभापति श्रीकृष्ण दाहाल,नेकपमा एमालेका प्रतिनिधी अर्जुन ढुंगाना,प्रमुख जिल्ला अधिकारी मिना अर्याल र म्याङलुङ नगर प्रमुख संजयकुमार तुम्बाहाङफेले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम उद्योग बाणिज्य संघ तेह्रथुमका अध्यक्ष राजिव ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *