तेह्रथुमे लेखक तथा स्रष्टा विरही बेलबारी साहित्य पुरस्कारबाट सम्मानित हुँदै

मोरङ । तेह्रथुमे लेखक तथा पत्रकार केशु विरही बेलबारी साहित्य पुरस्कारबाट सम्मानित हुने भएका छन् । लेखन, पत्रकारिता तथा अनुसन्धानका माध्यमबाट आफफ्नो ठाउँलाई चिनाउन लागिपरेका स्रष्टा विरही नगद २५ हजारसहित बेलबारी साहित्य पुरस्कारबाट सम्मानित हुन लागेका हुन् ।
आठराई –२, खाम्लालुङ, तेह्रथुम मूल ठेगाना भई पछिल्लो समय मोरङको बेलबारीमा रहेर पत्रकारिता, शिक्षण तथा साहित्य लेखन गर्दै आएका विरहीका कहालिलाग्दा गोरेटाहरू (उपन्यास) सहलेखन –२०५६, आमाको माया (उपन्यास) –२०५७, दन्किएको आगो (गजल सङ्ग्रह) –२०६३, सुस्केरा (संयुक्त साहित्यिकसङ्ग्रह) –२०६३, भास्कर वंशावली (वंशावली) –२०६५, सुलोचना (कथासङ्ग्रह) –२०७१, रेस्माको स्यान्डल (बालकथासङ्ग्रह) –२०७७ आदि विधा साहित्यका कृति प्रकाशित भइसकेका छन् भने विरहीका ‘बेलबारीको साहित्यिक इतिहास’ (२०७९) र ‘तेह्रथुमको साहित्यिक इतिहास’ (२०८०) अनुसन्धानात्मक कृति प्रकाशित भएका छन् । उनी मूलतः कथा, उपन्यास, बालसाहित्य तथा अनुसन्धानका क्षेत्रमा कलम चलाउने गर्दछन् ।
बेलबारी साहित्य विकास समितिका अध्यक्ष तिला लेकालीले संस्थाको माघ २७ गते बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा हुने छैटौँ साधारण सभा तथा तेस्रो अधिवेशनका दिन साहित्यकार तथा पत्रकार विरहीलाई बेलबारी साहित्य पुरस्कार प्रदान गर्न लागिएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *