तेह्रथुमको म्याङलुङ नगरपालिका ३ नागदहमा करेन्ट लागेर शनिवार विहान एक बृद्धाको मृत्यु भएको छ । घरको दैलो खोल्ने क्रममा करेन्ट लागेर ८४ बर्षिया बाटुली देवी विश्वकर्माको मृत्यु भएको प्रहरी नायव उपरिक्षक राजन चापागांईले वताए ।
घरको मुलढोका खोल्ने क्रममा विश्वकर्मालाई करेन्ट लागेको प्रहरीले जनाएको छ । उनको घटना स्थलमै मृत्यु भएको हो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।