तिनजुरे क्षेत्रमा राष्ट्रिय लालीगुराँस पार्क निर्माण हुने

प्रकाश पाक्साँवा

तेह्रथुम ३० साउन

तेह्रथुम,संखुवासभा र ताप्लेजुङ जिल्लाको संगम स्थल टिएमजे क्षेत्रमा लालीगुराँस पार्क निर्माण हुने भएको छ । बसन्तपुर,सानो पाथीभरा,तिनजुरे क्षेत्रमा तीर्न तहको सरकारको सहकार्यमा राष्ट्रीय लालीगुराँस पार्क निमार्णका पुर्वाधार विकास गरी पार्क निर्माण हुने भएको हो ।

शहरी विकास मन्त्री सीता गुरुङको पहलमा शहरी विकास मन्त्रालयबाट १ करोड रकम विनियोजन गरे सँगै पार्क निर्माण हुने भएको लालीगुराँस नगरपालिका नगर प्रमुख अर्जुन माबोहाङले बताउनु भयो । नगर प्रमुख माबोहाङका अनुसार पार्कमा गुराँसको ढुवानी,रोपण तथा यस क्षेत्रमा रहेको पोखरी संरक्षणका साथै लालीगुराँस सम्बन्धी गोष्ठि नगरपालिकाद्धारा गरिने भएको छ । पार्क क्षेत्रमा पुर्वाधार विकासका कामहरु शहरी विकास मन्त्रालयको सहयोगमा नयाँ शहर आयोजना मार्फत हुने भएको छ । पार्कमा तिनजुरे,मिल्के,जलजले क्षेत्रबाट २८ प्रजातीका लालीगुराँस ल्याएर पार्क क्षेत्रमा रोपण गरिने भएको लालीगुराँस नगरपालिकाले जनाएको छ ।

पार्क निमार्ण क्षेत्रमा यही भदौ २ गते अध्यायन गरीने र अध्यायन प्रश्चात यस क्षेत्रमा रहेको सामुदायिक बनका पदाधिकारी वनस्पती विज्ञहरुको टोली टिएमजे क्षेत्र गई विरुवाहरुको अध्यायन गरी २८ प्रजातीका विरुवा ल्याई रोपण गरिने भएको हो । चैतै सामुदायिक बन,तिनजुरे रातपोखरी समुदायिक वन र तिनेजुरे सामुदायिक वन क्षेत्र भित्र २ हेक्टर क्षेत्रफलमा पार्क निमार्ण हुने भएको लालीगुराँस नगरपालिका वडा नं ७ का वडाध्यक्ष ताथ प्रवक्ता देबेन्द्र खड्काले बताउनु भयो । पार्क सँगै तिनजुरे पाँचपोखरी जाने बाटोको दायाँबायाँ पदमार्ग क्षेत्रमा समेत गुराँस रोपण गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *