छथर सुक्रबारेमा ऐतिहाँसिक भदौरे पुगिर्णमा मेलाको रौनक

प्रकाश पाक्साँवा
तेह्रथुम १४ भदौ
तेह्रथुमको छथर गाउँपालिकाको सुक्रबारे बजारमा ऐतिहाँसिक रुपमा लाग्दै आएको भदौरे पुर्णिमा मेलाको अवसरमा आयोजित चौथो गाउँपालिका अध्यक्ष कप तथा बृहत सांस्कृतिक साथै सांगितिक कार्यक्रमको औपचारिक रुपमा उद्धघाटन गरिएको छ ।

कार्यक्रमको उद्धघाटन छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले गर्नु भएको छ । विभीन्न झाँक्रीहरुको बिच भव्य रुपमा मेला सुरु भएको छ । खासगरी भदौरे पुर्णिमा मेला धामीझाँक्रीहरुको मेलाको रुपमा परिचित बन्दै आएको छ । पुर्णिमाको अघिल्लो दिन छथर १ मा रहेको मार्गपोखरीमा धामीहरु रातभर गुफा बसी अध्यात्मिक ज्ञान आर्जन गर्ने गरेका छन । मार्गपोखरीबाट पुर्णिमाको दिन फर्केर सुक्रबारे बजार नजिकै रहेको रत्नदेवी मन्दिरमा(सेत्माङलुङमा पुजा गर्ने गरेका दिल पाक्साँवाले बताउनु भयो ।

मेलाको अवसरमा चौथो गाउँपालिका अध्यक्ष कप फुटबल,भलिबल तथा व्याडमिन्टन प्रतियोगिताहरु आयोजना गरिएको रत्नदेवी युवा सेवा समाजका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो । कार्यक्रम छथर गाउँपालिकाको आर्थीक सहयोग तथा रत्नदेवी युवा सेवा समाज तथा छथर गाउँपालिका अध्यक्ष कप भदौरे पुर्णिमा मेला व्यवस्थापन सुक्रबारे तेह्रथुमको आयोजना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *