प्रकाश पाक्साँवा
तेह्रथुम १४ असार
छथर जोरपाटी गाउँपालिका धनकुटाले हरेक अवकास भएका र आफ्नो स्वास्थ्यका कारण काम गर्न नसक्ने महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गर्दै आएको छ । गाउँपालिकाको सवै वडामा रहेका ६० बर्ष पुगी अवकास भएका र आफ्नो स्वास्थ्यको कारण काम गर्न नसक्ने महिला स्वास्थ्य स्वयमसेविकाहरुलाइ सम्मान गर्दै आएको हो । गाउँपालिकाले स्वयमसेविकाहरुलाई प्रोत्सहनका साथै सेवा अवधी भर गरेको कामको कदर गर्दै सम्मान गरेको जनाएको छ ।
गाउँपालिको सुक्रबार मात्रै ६० बर्ष पुगी अवकास भएका २ जनालाई नगद २५ हजार,सम्मानपत्र र दोसल्ला ओडाएर गाउँपालिका अध्यक्ष छत्र सुब्बा उपाध्यक्ष गिता गुरुङ खेवा र जिल्ला स्वास्थ्य कार्यालयका प्रशासन अधिकृत नारायण प्रसाद खनालले सम्मान गर्दै बिदाई गरिएको छ । गाउँपालिकाको वडा नं ३ का सावित्रा दाहाल र गायत्रीदेवी ढुङगेललाई सम्मान गर्दै बिदाई गरिएको हो । लामो समय सम्म स्वयमसेविकाको रुपमा काम गर्दै आएको र बिदाई हुँदै गर्दा सम्मान नै सबैथोक भन्दा पनी गरी रहेको काम छोड्दा दुःख लागेको सम्मान सहित बिदाई हुनु भएका महिला स्वास्थ्य स्वयमंसेविका साबित्रा दाहालको भनाई छ । त्यस्तै वडा नं १ का इन्द्रकुुमारी सुवेदी ,मुनादेवी थापा र वडा ४ का भिमकुमारी भुजेललाई दाहाल र ढुङगेललाइ नेपाल सरकार प्राप्त रकम २० हजार सहित सम्मान गरिएको छ ।
नेपाल सरकारले दिएको सेवा भन्दा पृथक छथर जोरपाटी गाउँपालिका सेवा दिँदै आएको गाउँपालिका अध्यक्ष छत्र सुब्बाले बताउनु भयो । त्यस्तै गाउँपालिकामा रहेका अन्य ३६ जना महिला स्वयंमसेविकाहरुलाई प्रदेश सरकारबाट प्राप्त प्रोत्साहन वापतको रकम पाँच हजारका दरले प्रदान गरिएको छ । गाउँपालिकामा रहेका महिला ६० बर्ष पुगेका तथा स्वास्थ्यका कारण काम गर्न नसक्ने स्वास्थ्य स्वयमंसेविकाहरुलाई उच्च कदर गर्दै हरेक बर्ष २५ हजार नगद सहित बिदाई गर्दै आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोल बताउनु हुन्छ ।
गाउँपालिकाले महिला स्वास्थ्य स्वयमंसेविका साथै ५० प्रतिशत छुटमा गाउँपालिकामा सबै नागरिकलाई स्वास्थ्य बिमा र गर्भवती पोषण कार्यक्रम अन्तरगत एकमुष्ठ ९ हजार प्रदान गर्दै आएको छ । समय समयमा नागरिकहरुलाई सेवा दिने उदेश्यले विभीन्न शिविरहरु समेत गाउँपालिकाले सञ्चालन गर्दै आएको छ ।