प्रकाश पाक्साँवा
तेह्रथुम १६ पौष
छथर जोरपाटी गाउँपालिका धनकुटामा एकीकृत भौतिक पुर्वाधार विकास गुरु योजना तर्जुमा कार्याशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको भौतिक पुर्वाधारलाई विकास गर्न गुरुयोजना तर्जुमा कार्यशालामा गोष्ठिमा कृषि,पर्यटन,स्वास्थ्य,शिक्षा,वन वातावरण,उद्योग कलकारखाना,खानेपानी लगायतका बिषयमा छलफल भएको थियो ।
गाउँपालिकाका पदाधिकारी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरु,बिषयगत शाखाका प्रमुखहरु,समाजिक अभीयान्ता,नागरिक समाज लगायतको सहभागीता रहेको कार्याशालाको सहजीकरण शहरी योजनाविद् तथा सिभिल इन्जिनियर,रविन्द्र दवाडी र समाजशास्त्री प्रकाश तिवारीले सहजीकरण गर्नु भएको थियो । कार्याशालामा शहरी विकास मन्त्रालयका सह सचिव दिपक कुमार दास र सि डी इ नारायण श्रेष्ठ लगायतको उपश्थितीमा सम्पन्न भएको थियो ।
कार्यशालामा मस्यौदा प्रतिवेदन माथी सहभागीहरुले युवा जनशक्ती पलायन हुन रोक्नका आय आर्जनमुलक योजना निमार्ण गर्नु पर्ने साथै गाउँको विकासको निम्ती कृषिलाई पहिलो प्राथमिकता दिँदै आधुनिक तथा व्यवासायिक कृषीलाई जोड दिनु पर्ने बताए थिए । सहरी विकास मन्त्रालयको योजना विभागबाट ७ सय ५३ वटा स्थानीय तहमध्येमा ३ वटा छनौट गरिएको थियो । जसमध्ये भएकोमा छथर जोरपाटी गाउँपालिका छनौट भई सहशी विकास मन्त्रालय मार्फत २० बर्ष गुरुयोजना तयार पारी गाउँपालिकालाई हस्तान्तरण गर्ने लक्ष्य रहेको जनाईएको छ ।
गाउँपालिकाको विकासको निम्ती कार्याशालामा दिएका सल्लाह सुझावहरुलाई मध्यनजर गर्दै गुरुयोजना निमार्ण गर्नको लागी आएको सम्बन्धीत मन्त्रालय साथै मन्त्रालयले नियुक्त गरेको कन्सल्टेन्टलाई सुझाव दिने गाउँपालिका अध्यक्ष छत्र सुब्बाले बताउनु भयो । कार्याशाला स्थानीय पुर्वाधार विकास पुल्चो ललिपुरको आयोजनामा सम्पन्न भएको हो ।