छथर जोरपाटी गाउँपालिकामा कृषि पेसालाई जोड दिएका छौ – अध्यक्ष छत्र सुब्बा

धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका कृषि उत्पादनको अब्बल क्षेत्रको रुपमा लिने गरिएको छ । यहाँका किसानहरुको मुख्य खेती तथा आम्दानीको श्रोत नै कृषि पेसा हो । कृषि पेसामा पनी खासगरी यस गाउँपालिका तरकारी खेतीको उर्भरभुमीको रुपमा लिने गरिएको छ ।
‘कृषि पेशामा लागौ,आत्मा निर्भर बनौ’ भन्ने मुल नाराका साथ गाउँपालिकले कृषि पेसालाई जोड दिने भएको छ । कृषि भुमिको सदुपयोग गर्दै व्यवसायिक उत्पादन बढाउन निती तथा सामुहिक,कृषि उद्योगमा आधारित खेतीलाई साझेदारी गर्दैै सार्वजानिक जग्गाको सदुपयोग गर्न निती अघि सारिएको गाउँपालिका अध्यक्ष छत्र सुब्बाले बताउनु भयो । गाउँपालिकाले उत्पादन बृद्धीका साथै रोजगारी सिर्जना गर्न कृषि तथा औद्योगिक उत्पादनलाई निर्यातमुखी बनाउन एक गाउँ एक उत्पादनलाई प्राथमिकतामा राख्दै बजारिकरणका लागि एक वडा एक कृषि थोक बजार स्थापना गरि आवश्यक पुर्वाधार निमार्ण गरिने भएको छ ।
खाद्य भण्डार,शित भण्डार,संकलन तथा बिक्री केन्द्रको लागि आवश्यक जग्गा व्यवस्थापन गरि विस्तृत डिजाईन सहित भौतिक पुर्वाधार निमार्ण गर्न सम्बन्धित निकायमा पहल गर्ने गाउँपालिकाले जनाएको छ । कृषि उत्पादनलाई थप गर्न नियमित माटो परिक्षण,कृषि क्षेत्रमा आउने जोखिम न्युनिकरणका साथै सम्भाव्यताको आधारमा दलहन,तेलहन तथा जडिबुटीको व्यवसायिक खेतिमा प्रोत्साहन गरिने भएको गाउँपालिकाका उपाध्यक्ष गिता गुरुङ खेवाले बताउनु भयो । संघिय तथा प्रदेश सरकार सँगको समन्वयमा पशुपंक्षी तथा बालि बिमालाई अभियानै रुपमा सञ्चालन गरिने भएको छ ।
कृषि पेशलाई आयमुलक आधुनिक र मर्यादित पेसा तथा उत्पादनशील व्यवसायको रुपमा विकास गर्दै अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहन गरिने भएको छ । अर्गानिक कृषिवस्तुको प्रमाणिकरण र ब्राण्ड प्रवर्धन गरी प्रदेश तथा संघीय सरकार सँग समन्वयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्म बजारीकरण गरिने लक्ष्य रहेको छ । गाउँपालिकालाई कृषि पर्यटनको रुपमा विकास गर्न कृषक समुह समिती र कृषक सहकारी मार्फत कृषि एकल पकेट निर्माण गरी उत्पादन बृद्धीमा जोड दिन गाउँपालिकाले निती तथा कार्यक्रममा समाबेश गरेको जनाएको छ ।
कृषि प्रबद्र्धन कोषको बृद्धी गरी सोधभर्ना सापटी कार्यक्रम मार्फत न्युन आय भएका कृषकहरुलाई व्यवसायिक बनाईने भएको छ । खाद्यन्य,तरकारी फलफुल,दुध,मासु तथा अण्डामा आत्मानिर्भर बनाउन कृषि सहकारी,कृषि प्रा.लि.सँग साझेदारीमा आफ्नै वा लिजको जग्गामा ठुलो कृषि तथा पशु फर्म सञ्चालन गरि रोजगारी सिर्जना गर्न पहल गरिने भएको छ । रासाईनिक मलको न्युनिकरण गर्दै अर्गानिक खेतीलाई जोड दिन गोठ तथा भकारो सुधार प्राङगारिक मल उत्पादन कारखाना स्थापनाका निम्ती प्रोत्साहनका साथै बजारीकरणमा संघीय तथा प्रदेश सरकार सँगै समन्वय गरिेने भएको छ । विभीन्न प्रकारको पशुरोग नियन्त्रणका लागि पशु स्वास्थ्य,बालि संरक्षण,विभिन्न बालि रोग नियन्त्रणका लागि कृषि तथा पशु ल्यावको विकास गरिने भएको छ ।
गाउँपालिकाले कृषि उपजको बजार व्यवस्थापनलाई प्रभावकारी बनाउनका साथै सुरक्षित भण्डारण गरी बिचौलियाको प्रभावलाई रोक्न कृषि तथा पशुपंक्षि र वनजन्य पदार्थको प्रशोधन केन्द्रका लागि साना तथा उघु उद्यम सञ्चालनका निम्ती निजी,सार्वजानिक,समुह र सहकारीलाई साझेदारी कार्यक्रम सञ्चालन गर्दै जाने निती ल्याएको छ । व्यवसायिक रुपमा उत्पादित कृषि उपज तथा उत्पादनहरुको बजार तथा मुल्य सुनिश्चित बनाउन बजार सुचना केन्द्रको स्थापना गरी बजार सञ्जालको विकास र विस्तारका लागि व्यापारिक मध्यस्तकर्ताको व्यवस्था गरिने भएको छ । गाउँपालिकाको दिगो आर्थीक विकासका लागि अनिवार्य सामाजिक सुरक्षा गर्नु बाहेकका सबै योजना तथा कार्यक्रमहरुलाई क्रमिक रुपले उत्पादनत्वमा आधारित बनाइने भएको जनाएको छ । त्यस्तै कृषि सहकारीलाई सो सहकारी संस्थाहरुले कृषिको विकासमा पुर्याएको योगदानको आधारमा प्राविधिक सहयोग उपलब्ध गराईने भएको छ ।
गाउँपालिकाले कृषि उत्पादनलाई जोड दिन कृषकहरुलाई साझेदारीमा प्रधानमन्त्री कृषि आधानिकीकरण कार्यक्रम मार्फत विगत बर्ष देखी नै विभिन्न कृषि उपकरणहरुका साथै सामाग्रीहरु प्रदान गर्दै आएको जनाएको छ । यस गाउँपालिका किसानहरुले आलु,बन्दा,काउली,मटरकोसा,टमाटर,रायो,गाँजर लगायतका तरकारी उत्पादन गर्दै आएको छ । १ रोपनी देखी ७०÷८० रोपनीको क्षेत्रफलमा यहाँका किसानहरुले तरकारी खेती तथा कृषि पेशा गर्ने गरेका छन । यहाँ उत्पादन भएको कृषि उत्पादन स्थानीय बजारका साथै पुर्वी तराई भारतको सिक्किम दार्जिलिङ लगायतका स्थानमा निर्यात हुँदै आएको छ । निश्चित बजारको अभाव हुँदा विभीन्न समस्याबाट आजित बन्दै आएका किसानहरुलाई गाउँपालिकाले कृषि पेसालाई जोड दिने कार्यक्रम ल्याए सँगै राहात मिल्ने आशा लिएका छन ।