छथर जोरपाटी गाउँपालिकाद्वारा सहकारी संस्थालाई कम्प्युटर प्रदान

0

✍️ प्रकाश पाक्साँवा, तेह्रथुम – २० असार

धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिकाले पालिकाभित्र सक्रिय रहेका सहकारी संस्थाहरूलाई कम्प्युटर प्रदान गरेको छ।

गाउँपालिका अध्यक्ष छत्र सुब्बाले पालिकाभित्र सक्रिय रहेका सहकारी संस्थाहरूलाई कम्प्युटर हस्तान्तरण गर्नुभएको हो । सहकारी सूचना व्यवस्थापनमा दक्षता, लेखा प्रणालीमा पारदर्शिता र डिजिटल प्रविधिको प्रयोग बढाउने उद्देश्यले कम्प्युटर प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले अघिल्लो वर्षदेखि नै सहकारी संस्थालाई कम्प्युटर उपलब्ध गराउँदै आएको छ। यस आर्थिक वर्षमा पाँचवटा सहकारी संस्थालाई कम्प्युटर वितरण गरिएको छ। आगामी वर्षसम्म पालिकाभित्रका सबै सहकारी संस्थालाई कम्प्युटर उपलब्ध गराइने र आवश्यक तालिमसमेत प्रदान गरिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed