छथर जोरपाटीमा सामाजिक विकृती विरुद्ध सन्देशमुलक वडा स्तरीय नाटक प्रतियोगिता सम्पन्न

प्रकाश पाक्साँवा
तेह्रथुम १ असोज
धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिकाले तीज विशेष कार्यक्रमलाई फरक तरिकाले मनाएको छ । तीजमा नाचगान गर्ने रमाईलो गर्ने प्रचलन बढ्दै गई रहेको बेला यो गाउँपालिकाले भने तीज संस्कार,संस्कृती र समाजमा फैलिएको सामाजिक विकृती विरुद्ध सन्देशमुलक कार्यक्रमको आयोजना गरि मनाएको हो ।

६ वटा वडा रहेको गाउँपालिकाले वडा स्तरीय सामाजिक विकृती विरुद्ध सन्देशमुलक वडा स्तरीय नाटक प्रतियोगिता आयोजना गर्दै समाजमा भई रहेको विकृतीलाई न्युनिकरण गर्ने सन्देश दिएको छ । हिजो र आजको तीजको फरकपनका साथै तीजले ल्याएको विकृतीलाई न्युनिकरण गर्ने उदेश्यका साथ सन्देशमुलक कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष छत्र सुब्बाले बताउनु भयो ।

प्रतियोगितामा वडा नं ५ प्रथम,वडा नं ४ दोश्रो,वडा नं ३ तेश्रो त्यस्तै वडा नं १ र ६ सान्तवना भएका थिए । प्रथम हुनेले नगद १५ हजार,दोश्रो हुनेले १२ हजार,तेश्रो हुनेले १० हजार र सन्तावनाहरुले ५÷५ हजार प्राप्त गरेका छन । समाजमा भई रहेका विकृती र विसंगतीलाई न्युनिकरणका साथै पर्वको नाममा गरिने भड्किलो तरिकाले मनाउने चलनलाई न्युनिकरण गर्न फरक ढंगले कार्यक्रम गरिएको गाउँपालिकाका उपाध्यक्ष गिता गुरुङ खेवाको भनाई छ ।

कार्यक्रममा गायिका गंगा गौतमले तीज गित सँगै कार्यक्रममा सहभागीहरुलाई नाचिएका थिए । भौतिक विकास सँगै छथर जोरपाटी गाउँपालिका कला,साहित्य,संगित सस्कृती सँगै प्रतिभाको खोजी गर्ने अभिमत रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले बताउनु भयो ।

महिलाहरुले ब्रत बस्ने नाममा निराहार बस्दै गर्दा एक्काऔ सताप्दीमा आईपुग्दा आफ्नो स्वास्थ्यलाई मध्यनजर गर्दै तिज मनाउनु पर्ने शिक्षा शाखा प्रमुख निर्मला सुबेदीले बताउनु भयो । प्रतियोगितामा गाउँपालिकाको ५ वटा वडाहरुको सहभागीता रहेनुका साथै कर्मचारीहरुको समुहले समेत नाटक प्रस्तुत गर्नु भएको महिला तथा बालबालिका शाखाका प्रमुख एनिला निरौलाले बताउनु भयो । गाउँपालिकाले विगत बर्षदेखी नै तीजको अवसरमा विभीन्न कार्यक्रमहरु गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *