छथर जोरपाटीको सिधुवामा पुर्व अर्थराज्यमन्त्री स्व. हरीराज खेवा स्मृती पार्क

प्रकाश पाक्साँवा
तेह्रथुम २७ साउन
छथर जोरपाटी गाउँपालिका धनकुटाको सिधुवामा पुर्व अर्थ राज्यमन्त्री स्वर्गीय हरीराज खेवा स्मृती पार्क निमार्ण सुरु भएको छ । तत्कालिन हात्तिखर्क गाबिसमा २०२५ साल कार्तिक २७ गते मा जन्म भई २०७३ साउन १३ मा धनकुटाको सिधुवामा बस दुर्घटनामा परि निधन हुनु भएका खेवाको स्मृतीमा पार्क निर्माण सुरु गरिएको हो ।

दुर्घटना स्थलमा खेवाको स्मृतीमा पार्क निमार्ण कार्य सुरु गरिएको छ । पार्क निमार्णको लागि छथर जोरपाटी गाउँपालिकाले आर्थीक बर्ष २०७९÷८० बाट ५ लाख रमक विनियोजन गरेसँगै निर्माण कार्य सुरु गरिएको हो । स्वर्गीय खेवाको स्मृतीमा निमार्ण सुरु गरीएको पार्कमा खेवाको सालिकको साथमा दुर्घटनामा मृत्यृ भएका सबैको नामावली र संग्राहलयको बनाउने उदेश्य रहेको स्वर्गीय हरीराज स्मृती प्रतिष्ठानका संरक्षक तथा छथर जोरपाटी गाउँपालिकाका उपाध्यक्ष गिता गुरुङ खेवाले बताउनु भयो । पार्क कोशी राजमार्ग नजिकै निर्माण सुरु भएको छ । स्थानीय जनसहभागीताको साथमा गाउँपालिकाको सहयोगमा यो पार्क निर्माण सुरु गरिएको छथर जोरपाटी गाउँपालिका ६ का वडाध्यक्ष दिपक गुरुङको भनाई ।

पार्कमा भवन निमार्णाधिन अबस्थामा गरिएको छ । स्थानीय सन्तबहादुर लिम्बु र गंगाबहादुर लिम्बुबाट निशुःल्क जग्गा प्रदान सँगै पार्क निमार्ण गरिएको पार्क निर्माण समितीका सदस्य तथा सिधुवा बजार व्यवस्थापन समितीका अध्यक्ष शिवकुमार श्रेष्ठले बताउनु भयो ।स्वर्गीय खेवा राजनिति, सामाजिक क्षेत्रका साथ साहित्यकार, नाट्यकर्मी, लेखक समेत हुनुहुन्थ्यो । उहाँको स्मृतीमा निर्माण सुरु गरिएको पार्क यहाँ आउने पर्यटकहरुको लागी नयाँ गन्तव्य थपिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *