छथर गाउँपालिका अध्यक्ष कप व्याडमिन्टनको उपाधी सुनिल कार्की र बिशाल तामाङको टिमले उचाल्यो

प्रकाश पाक्साँवा
तेह्रथुम १८ भदौ
तेह्रथुमको छथर गाउँपालिकाको सुक्रबारेमा ऐतिहासिक रुपमा लाग्दै आएको भदौरे पुर्णिमा मेलाको अवसरमा आयोजित चौथो व्याडमिन्टन प्रतियोगितामा संखुवासभाका सुनिल कार्की र भोजपुरका बिशाल तामाङको टिमले उचालेको छ । काठमाडौका हिमाल चन्द र संखुवासभाका पविन लिङथेपको टिमलाई हराउँदै कार्की र तामाङको टिमले उचालेको हो ।

उपाधी चुमे सँगै नगद ४१ हजार गाउँपालिाका अध्यक्ष कप,मेडल र प्रमाणपत्र प्राप्त गरेक छन । उपविजेता बनेको चन्द र लिङथेपको टिमले नगद २५ हजार,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । त्यस्तै धरानका सत्यम् सुब्बा र प्रकाश लिम्बुको टिम र नबिन सिलवाल र बिनोद कन्दङवाको टिम तेश्रो भएको व्याडमिन्टन प्रतियोगिताका संयोजक मिलन कटुवालले जानकारी दिनु भयो । तेश्रो भएका टिमहरुले नगद ७ हजार ५ सय नगद,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन । त्यस्तै प्रतियोगितामा सुनिल कार्की उत्कृष्ट खेलाडी बनेका छन । विजयी हुने सम्पुर्ण टिमलाई छथर गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बु(सन्तोष तिगेला)ले पुरस्कार प्रदान गर्नु भएको थियो ।

गृह जिल्ला तेह्रथुमका साथै धनकुटा,संखुवासभा,भोजपुर,सुनसरी काठमाडौ लगायतका जिल्लाहरुको टिम प्रतियोगितामा सहभागीता रहेको रत्नदेवी युवा सेवा समाजका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो । छथर गाउँपालिकाको आर्थीक सहयोग तथा रत्नदेवी युवा सेवा समाज तथा छथर गाउँपालिका अध्यक्ष कप भदौरे पुर्णिमा मेला व्यवस्थापन सुक्रबारे तेह्रथुमको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *