छथर गाउँपालिकाले भदौरे पूर्णिमा मेला तथा सांस्कृतिक कार्यक्रम व्यवस्थित गर्न आग्रह

0

प्रकाश पाक्साँवा
तेह्रथुम, १९ साउन

तेह्रथुमको छथर गाउँपालिकाले शुक्रबारे बजारमा ऐतिहासिक रूपमा लाग्दै आएको भदौरे पूर्णिमा मेला तथा यस वर्ष पनि सञ्चालन हुन लागेको सांस्कृतिक कार्यक्रमलाई व्यवस्थित गर्नका लागि सूचना जारी गरेको छ ।

गाउँपालिकाले साउन १९ गते जारी गरेको सूचनामा उल्लेख भए अनुसार, शुक्रबारे बजार क्षेत्र, भित्रका मुख्य सडक, सहायक सडक तथा खुल्ला भवनमा रहेका निर्माण सामग्री (काठ, दाउरा), अन्य सामग्री, अस्थायी तथा अव्यवस्थित रूपमा राखिएका पसलहरू यथाशीघ्र हटाउन अनुरोध गरिएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक पराजुलीद्वारा जारी सूचनामा यो कुरा जनाइएको छ।

गाउँपालिकाले मेला तथा कार्यक्रमलाई सुचारु बनाउनका लागि सवारी साधनहरू तोकिएको स्थानमा मात्र पार्किङ गर्नसमेत अनुरोध गरेको छ। यस सूचनाले मेला तथा सांस्कृतिक कार्यक्रममा हुने भीडभाड र अव्यवस्थालाई कम गरी सहज वातावरण सिर्जना गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed