छथर गाउँपालिकामा बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भगवती मा.बि.ओख्रे प्रथम

प्रकाश पाक्साँवा
तेह्रथुम १५ माघ
तेह्रथुम जिल्लाको छथर गाउँपालिकामा आयोजित बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भगवती माध्यमिक बिद्यालय छथर गाउँपालिका ५ ओख्रे प्रथम भएको छ । आईतबार सम्पन्न प्रतियोगितामा सहभागी ९ वटा बिद्यालयलाई पछि पार्दै भगवती प्रथम भएको हो ।
८ स्वर्ण,९ रजत १ कास्य सहित भगवती माध्यमिक बिद्यालय प्रथम भए सँगै पालिका कप हात पारेको छ । त्यस्तै सरस्वती माध्यमिक बिद्यालय छथर गाउँपालिका २ ८ स्वर्ण,४ रजत र १ कास्य सहित दोश्रो भएको थियो । त्यस्तै मचिन्द्र माध्यमिक बिद्यालय छथर ६ ले ४ स्वर्ण १ रजत र ६ कास्य प्रास्त गर्दै तेश्रो भएको छ । विजयी बिद्यालय तथा प्रतियोगितामा विजयी बिद्यार्थीहरुलाई गाउँपालिका अध्यक्ष सन्तोष तिगेला ,उपाध्यक्ष,तारा खरेल ढकाल र निमित्त प्रमुख प्रशासकीय अधिकृत गुणराज बानियाँले पुरस्कार प्रदान गर्नु भएको प्रवक्ता राजन नेपालीले बताउनु भयो । गाउँपालिकाको ९ वटा माध्यमिक बिद्यालयहरुको सहभागीता रहेको छथर गाउँपालिका शिक्षा शाखा प्रमुख डण्डिकेशर खनालले बताउनु भयो ।
निम्न अनुसार बिद्यालयहरुले नजिता ल्याउन सफल भएका छन ।
जनता मा.वि. आङ्दिम –२–१–०
शारदा मा.वि. हमर्जुङ्ग –१–३–५
सरस्वति मा.वि. शुक्रवारे –८-४–१ (दाेश्राे )
पञ्चकन्या मा.वि. पञ्चकन्या –१–४-४
न.शि.स. मा.वि. फाक्चामारा –३–६–७
शिद्द गणेश मा.वि. फाक्चामारा –१–१–१
भगवति मा.वि. ओख्रे –८–९–१ ( प्रथम )
मछिन्द्र मा.वि. सुदाप –४–१–६ (तेश्राे )