प्रकाश पाक्साँवा
तेह्रथुम २४ साउन
तेह्रथुमको छथर गाउँपालिकाले सडक क्षेत्रमा अवस्थीत रुपमा राखिएका गोलिया नियन्त्रणमा लिएको छ । सिधुवा सुक्रबारे ओख्रे सडक तथा मुख्य सडक क्षेत्रमा अवस्थीत रुपमा राखिएका गोलिया नियन्त्रणमा लिइएको हो ।
सडकलाई असर तथा क्षति पुग्ने गरी राखिएका गोलिया नियन्त्रणमा लिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गत १७ गते ७ दिने सुचना जारी गर्दै बजार क्षेत्रमा राखिएको गोलिया तथा निर्माण सामाग्री हटाउनु अनुरोध गरेको थियो । सुचनाको अटेर गरी राखिएको गोलिया बुधबार गाउँपालिका अध्यक्ष सन्तबिर लिम्बुको नेतृत्वमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गुणराख बानियाँ प्रशासन शाखा प्रमुख दिपेन्द्र कार्की,सुक्रबारे प्रहरीचौकीको टोलिले नियन्त्रणमा लिइएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले जानकरी दिनु भएको छ ।
पहिलो चरणमा व्यवसायीहरुलाई सचेत गर्दै सडकलाई क्षति पुग्ने गरी राखिएका गोलिया मात्रै नियन्त्रणमा लिएको अझ अटेर गरी गाउँपालिकाको सुचना बेवास्त गरे कडाईक साथ गाउँपालिकाले जारी गरेको सुचना अनुसार कार्वाहीको प्रकृया अगाडी बढाइने गाउँपालिका अध्यक्ष लिम्बुले बताउनु भयो । नारायण लिम्बुको २० थान उत्तिस,जनक कार्कीको १० थान उत्तिस,सिताराम भुजेलको १० थान उत्तिस,डम्बर थापाको ५ थान पात्ले,पुन्यप्रसाद ढकालको १ उत्तिस,३ चिलाउने र २ लाकुरी र राजन बिकको उत्तिस ९ चिलाउने ३ मौवा ४ र शिरीस १ गरी ६८ थान गोलिया नियन्त्रण लिएको हो । नियन्त्रणमा लिएको गोलिया गाउँपालिकाले तोकिएको जरिवाना दस्तुर लिएर पहिलो चरणमा लिएको गोलिया फिर्ता गर्ने गाउँपालिकाका निमित्त प्रमुख प्रसाशकीय अधिकृत बानियाँले बताउनु भयो ।