छथर गाउँपालिकाको फाक्चामारामा अभिभावकको भूमिका तथा सचेतना कार्यक्रम सम्पन्न

0

✍️ प्रकाश पाक्साँवा,
फाक्चामारा, तेह्रथुम
तेह्रथुमको छथर गाउँपालिका–४, नविन शिक्षा सदन माध्यमिक बिद्यालय फाक्चामारामा तमोर सामुदायिक सिकाइ केन्द्रको आयोजनामा “अभिभावकको भूमिका तथा सचेतना कार्यक्रम” सम्पन्न भएको छ । बुधबार सम्पन्न कार्यक्रम सिकाइमा सहभागिता र गुणस्तर अभिवृद्धिका लागि अभिभावक, विद्यालय तथा समुदायको भूमिकालाई सशक्त बनाउन उद्देश्य राखिएको थियो ।


कार्यक्रममासहजकर्ता जिल्ला शिक्षा समन्वय समिति तेह्रथुमका पूर्व प्रमुख भिम मिश्रले लागू औषधको दुव्र्यसन, सामाजिक सञ्जालको प्रयोग, अभिभावकको जिम्मेवारी, विद्यालयको भूमिका, सुशासन, विपद् व्यवस्थापन लगायतका विषयमा गहन जानकारी प्रस्तुत गर्दै अभिभावक र विद्यालय दुवैको भूमिका अपरिहार्य रहेको स्पष्ट गर्नुभयो ।


कार्यक्रमको अध्यक्षता टोमाकान्ता लुइँटेलले गर्नुभएको थियो भने प्रमुख अतिथि वडाध्यक्ष पुष्प बहादुर कार्की रहनुभएको थियो । कार्यक्रममा नवीन शिक्षा सदनका प्रधानाध्यापक कृष्ण बहादुर निरौला, लालिगुराँस बाल क्लब नवीन शिक्षाका संरक्षक शिक्षक टीका कार्की, विद्यालय व्यवस्थापन समिति सदस्यहरू, शिक्षक अभिभावक संघका पदाधिकारीहरू, स्थानीय शिक्षक तथा अभियानकर्मीहरूको उपस्थिति रहेको थियो।


उक्त कार्यक्रममा सहभागी अभिभावकहरूले आफ्ना छोराछोरीको शिक्षामा थप जिम्मेवार र सक्रिय रहने प्रतिबद्धता जनाएका थिए । कार्यक्रमको सञ्चालन रेवत पारघारीले गर्नु भएको थियो भने स्वागत मन्तव्य खगेन्द्रराज दाहालले राख्नु भएको थियो ।
शिक्षा, युवा तथा खेलकुद शाखा, छथर गाउँपालिकाको सहयोगमा सम्पन्न कार्यक्रमले सिकाइको गुणस्तर अभिवृद्धिमा अभिभावक, शिक्षक र समुदायको संयुक्त भूमिका आवश्यक रहेको सन्देश दिएको छ । कार्यक्रमले स्थानीय तहमा शिक्षा सुदृढीकरण तथा अभिभावक सचेतनामा सकारात्मक प्रभाव पारेको सहभागीहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed