प्रकाश पाक्साँवा
तेह्रथुम १२ भदौ
हिउँदेबालीमा सिचाँईका लागी प्रशस्त पानी हुदैन् । अझ कति पय गाउँहरुमा खानेपानीकै समस्या हुँदै आएको छ । पानीको श्रोत नहुँदा खानेपानी गाईवस्तु पानी खुवाउन मै मुस्किल बन्ने गरेको छ । सुख्खायम सुरु भएपनी यी र यस्तै समस्याहरुले नागरिकहरुलाई पिरोल्न थालि रहेको बेला तेह्रथुमको छथर गाउँपालिकामा भने बर्षादमा परेको पानी संकलन गरी हिउँदेबाली सिचाई गर्दै आएका छन ।
यो गाउँपालिकाको प्रायजसो सवै घरमा प्लाष्टिक पोखरी बनाइएका छन । घर नजिक बनाइएका पोखरीमा बर्षादमा परेको पानी संकलन गर्दै आएका छन । केहीबर्ष अघीसम्म खानेपानी अभावमा रहेका नागरिकहरु यतीबेला हिउँदेबालीमा सिचाँई गरी आम्दानी लिन थालेका छन । छथर गाउँपालिका वडा नं ५ मा कृष्णकुमारी पौडेल बर्षादको पानीले हिउँदेबालीमा सिचाँई गर्दै आएकी छिन । उनले केहीबर्ष अघिसम्म हिउँदेबालीमा सिचाँई गर्ने माध्यम नहुँदा तरकारी नजिककै बजारबाट किनेर खानु पर्ने बाध्यता थियो तर अहिले परिश्थती बद्लिएको छ उनले तरकारी बिक्रीबाट राम्रो आम्दानी लिँदै आएकी छिन् । त्यस्तै छथर ६ का घनश्याम ढकाल बर्षादको पानी हिउँदे सिचाईका लागी पानी जोहो गर्दै आएक छन । पोखरीमा जम्मा गरेको पानी तरकारी तथा फलफुलमा सिचाई गर्दै आएको बताए ।
‘पहिले पहिले खानेपानी नै मुस्किल थियो तर,अहिले त्यस्तो समस्या छैन । स्थानीय सरकारले किसानका लागी भनेर प्लाष्टिक पोखरी अनुदानमा प्रदान गरेपछी हामीलाई सहज भएको छ ,उनले भने ।’ बर्खामा खेर गई रहेका पानी उपयोगमा ल्याउन थालेपनी कृष्णकुमारी र घनश्याम जस्ता धेरै किसानहरुले हिउँदेबालीमा सिचाँईमा मात्रै गर्दै आएका छैनन् आम्दानी समेत लिँदै आएका छन । खासगरी सुख्खाग्रस्त क्षेत्रका किसानहरुलाई लक्षित गरेर कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुले बताए । ‘जुन ठाउँमा सुख्खा छ जहाँ सिचाईको अभाव छ हामी त्यस्ता बस्तीहरुमा प्लाष्टिक पोखरी वितरण कार्यक्रम गर्दै आएका छौ । हामीलिे विगतका बर्षदेखी नै किसानहरुलाई राहात दिने उदेश्यका साथ पोखरी वितरण गर्दै आएका हौ । बर्खामा खेर गई रहेको पानी संकलन गरी सिचाँई गर्न राहात पुगोस भनेर यो कार्यक्रम ल्याएका हौ, लिम्बुले भने ।’ गाउँपालिकाले साझेदारीमा किसानलाई प्लाष्टिक पोखरी वितरण गर्दै आएको जनाएको छ । पोखरी सँगै व्यवसायिक रुपमा कृषी गर्दै आएका किसानहरुलाई प्लाष्टिक टनेल वितरण गर्दै आएको छ ।
स्थानीय सरकार कृषकहरुको व्यवसायलाई टेवा पुगोस् भन्ने लक्ष्यका साथा विभीन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा रहेको यो गाउँपालिका तरकारी उत्पादनको अब्बल गाउँपालिकाको रुपमा लिइएको छ । १ रोपनी देखी ५० रोपनी क्षेत्रफलमा यहाँका किसानहरुले तरकारी उत्पादन गर्दै आएका छन । तरकारी खेती यहाँका किसानहरुको मुख्य आम्दानीको श्रोत बनेको छ । तरकारी बिक्रीबाट मात्रै बर्षेनी लाखौ आम्दानी लिँदै आएका छन ।
यहाँका किसानले आल,टमाटर,मटरकोसा,बन्दा,काउली,अकबरे,गाँजरका साथै कागती,सुन्तला,किबी,एभोकाडो,जुनार,लिची जस्ता फलफुल खेती गर्दै आएका छन । यहाँ उत्पादन भएको कृषिजन्य वस्तुहरु स्थानीय बजारका साथै पुर्वी तराई तथा सिक्कीम दार्जिलिङ लगायतका स्थानमा निर्यात हुँदै आएको छ ।