प्रकाश पाक्साँवा
तेह्रथुम ९ बैशाख
धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका ६ सिधुवामा खेवाहाड मादेन लिम्बुहरुको बैशाख १० गते बृहत भेला हुने भएको छ । हाङदुमहाड खेवाहाङ मादेन वंश प्रतिष्ठान तदर्थ समितिले शनिबार पत्रकार सम्मेलन गर्दै यही बैशाख १० गते बृहत भेला गर्ने सार्वजानिक गरेको छ ।
पत्रका सम्मेलनमा छथरथुममा मूल बसोवास गरि हाल नेपालको विभिन्न भूभागमा रहेका साथै विश्वका विभिन्न मुलुकहरुमा रहनुहुने संवाहाड मादेन याक्थुङ लिम्बु वंशको वशावली खोजी, संकलन, लेखन तथा प्रकाशन गर्नका निम्ती गठित हाडदुमहाड खेवाहाड मादेन यस प्रतिष्ठान तदर्थ समितिले बृहत भेलाको तयारी भएको समिती अध्यक्ष अध्यक्ष महेन्द्र मादेन लिम्बुले बताउनु भयो ।
भेलामा प्रमुख अतिथीको रुपमा भारतको सिक्किम राज्यका पुर्वमन्त्री आरवी सव्वा खेवाहाङ मादेन लिम्बु र बिशिष्ट अतिथीको रुपमा सह प्राध्यापक तथा धनकुटा बहृमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख विष्णु खेवाहाङ मादेन रहने सचिव मुगाहाङ मादेनले बताउनु भयो ।
त्यस्तै भेलामा मादेन लिम्बुहरु बिच चिनजान साथै पुस्ता अध्यायन तथा खोजी , खेवाहाङ मादेनको इतिहास, मुन्धुम, संस्कार तथा सस्कृतीको सम्बन्धमा आन्तरक्रिया गर्ने साथै लिम्बू संस्कृती अनुसारका सांकृतिक कार्यक्रमहरु केलाड यालाङ समेत प्रदर्शन गरिने भएको समितीका उपाध्यक्ष गोविन्द मादेनले बताउनु भयो ।