बनको चरी,बनैमा बस्छ,अन्तै त बस्दैन
माथी नै हुन्छ,आकाशे जून,धर्तीमा खस्दैन
बिश्वास भए,भरोसा हुन्छ,पिरती झाँगिन्छ
मायाको गाँठो,फुस्किए पछी,डोरीले कस्दैन
संगत गर्नु,जान्ने हो भने,सत्रु नै मित्र हो
अप्ठेरो पीर,नपारे सम्म,सर्पले डस्दैन
नेपाली वीर,भनेर हाम्लै,संसारै चिनिन्छ
‘तुखेसा’ आफै,पौरख गर्छ,खरानी घस्दैन
✍️’तुखेसा’ मनकुमार लिम्बू
छथर गाँउपालीका – ३ पन्चकन्या तेह्रथुम
अस्थाई बसोबास – मोरङ
हाल – साउदी अरब